दर्शन सुनार/ लोकप्रिय दैनिक /दोहा,कतार
दुवै मिर्गौला “अकस्मात्“ फेल भई विगत छ महिना देखि डायलिसिस उपचार गराई रहेका पाल्पा जिल्ला , रम्भा गाउँपालिका वडा न. २ फोक्सिकोट ७ निवासी वर्ष ३२ का अईत बहादुर खडका थोकीलाई पाल्पाली सेवा समाज कतारले आर्थिक रकम सहयोग गरेको छ । पीडित खड्काको आर्थिक अवस्था निकै कमजोर र दयनीय रहेकोले डायलाइसिसको थप उपचारका लागी पाल्पाली सेवा समाज कतारले “दस हजार रुपैयाँ“ आर्थिक रकम सहयोग गरेको हो । वार्षिक बिदामा रहेका समाजका महासचिव माधव भण्डारी र समाजका सचिव कमल भुसालले पीडितको निवासमा पुगेर शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै रकम खड्कालाई हस्तान्तरण गरेका हुन् ।
हाल गौतम बुद्ध सामुदायिक मुटु अस्पतालद्वारा सञ्चालित पाल्पा सामुदायिक डाईलाईसिस सेन्टरमा उपचार गराई रहेका खड्कालाई तत्कालै मिर्गौला प्रत्यारोपण गर्नु पर्ने र औषधी उपचार मिर्गौला प्रत्यारोपण गर्नको लागी थप अनुमानित २० लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकहरूले सल्लाह दिएको बिरामी बताउँछन् । पीडितलाई हप्तामा दुई पटक डाईलाइसिस गर्नै पर्ने एक पटक गर्दा एक हजार रुपैयाँ लाग्ने रकम समेत तिर्न कठिनाइको अवस्था रहेको बताउँदै पीडितकी श्रीमती पोविसरा खड्काले आफ्नो श्रीमानको ज्यान अत्यन्तै जोखिम अवस्थामा पुगेको र जीवन बचाई दिन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गरेर बचाई दिन अपिल समेत गरेकी छिन । देश विदेशबाट पीडितलाई सहयोग गर्न चाहने व्यक्तित्वहरूका लागी ग्लोबल आईएमए बैकमा रहेको पीडितको खाता नः ०४७०७०१०१२५२२५ वा श्रीमती पोवीसरा खड्का थोकीको गरिमा विकास बैकमा रहेको खाता नं. ः००६११८०१२२५६७००००००१ मा सहयोग गर्न सकिनेछ भने बिरामीको सम्पर्क नम्बर ९८१४४२७२६२ मा समेत कल गरेर सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ । पीडित अईत खड्काको एक श्रीमती र एक छोरी छन् ।
