सम्पर्क

ब्रेकिङ न्युज २

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
इनरुवा (सुनसरी), ९ मङ्सिर : देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताउनुभयो । “नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । इनरुवा–४ का रामदेव मेहताले दैनिकरूपमा...

हिराहरी तेक्वान्दो डोजाङ्गको जुनियर ग्रेडिङ सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङ्ग चौतारामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ Junior Belt Promotion Test  सम्पन्न भएको छ । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा न. ५ का अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यता र वडा सदस्य रामबहादुर घलेको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । सिनियर खेलाडीहरु मेनुका श्रेष्ठ , आयान श्रेष्ठ बिजय तामाङ , अनमोल कार्की , कुशल ढुंगाना रेहान श्रेष्ठ, शिभान्शु श्रेष्ठ, मिशन बागदास, प्रबेस नेपाल , राजिब ढुङ्गाना , सदिना खत्री, बिजय श्रेष्ठको उपस्थिति रहेको थियोे । ग्रेडिङमा सेतो पेटी तर्फ समृद्धि गजुरेल र मोनिका साह डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण हुन भएको छ । कार्यक्रम डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले सञ्चालन गर्नुभएको थियो ।...

हिराहरी तेक्वान्दो डोजाङ्गको जुनियर ग्रेडिङ सम्पन्न 

खेलकुद, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङ्ग चौतारामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ व्गलष्यच द्यभति एचयmयतष्यल त्भकत सम्पन्न भएको छ । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा न। ५ का अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यता र वडा सदस्य रामबहादुर घलेको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । सिनियर खेलाडीहरु मेनुका श्रेष्ठ , आयान श्रेष्ठ बिजय तामाङ , अनमोल कार्की , कुशल ढुंगाना रेहान श्रेष्ठ , शिभान्शु श्रेष्ठ, मिशन बागदास, प्रबेस नेपाल , राजिब ढुङ्गाना , सदिना खत्री, बिजय श्रेष्ठको उपस्थिति रहेको थियोे । ग्रेडिङमा सेतो पेटी तर्फ समृद्धि गजुरेल र मोनिका साह डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण हुन भएको छ ।कार्यक्रम डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले सन्चालन गर्नुभएको थियो ।...

पाठेघरको क्यान्सर रोगीको उपचारका लागि सहयोग जुटाउँदै पौडेल

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
दर्शन सुनार/लोकप्रिय समाचार दैनिक/ दोहा,कतार करिब ५ महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा पाठेघरको क्यान्सरको उपचार गराई रहेकी जलजला गाउँपालिका वडा न ७ मिलनचोक पर्वत निवासी गङ्गा दमाईलाई कतारबाट करिब २ लाख रुपियाँ सहयोग पठाइएको छ । कतारमा रहेर सामुदायिक पत्रकारिता गरिरहेका मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकाका संवाददाता तिलु शर्मा पौडेलको संयोजकत्व तथा पहलमा गङ्गालाई उक्त सहयोग पठाइएको हो । गङ्गाको छोरी अनिता परियारले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै सहयोगको याचना गरेपछि सहयोगका लागि मध्यान्हकर्मी पौडेल अगाडी आएका हुन् । पौडेलले सुरुमा आफैले सक्दो सहयोग गरे र आफ्नो फेसबुकमा स्ट्याटस राख्दै सहयोगका लागि अपिल गरे लगत्तै केही रकम सहयोग प्राप्त भएको बताउनु भयो । दसैँ तिहार मनाउन वार्षिक बिदामा नेपाल गएका पौडेलले बिरामीको छोरी अनितालाई पोखरामा भेटेर बिरामीको स्वास्थ्य अवस्था, आर्थिक लगायतका अ...

आयुर्वेद सेवा प्रवर्द्धनबारे पत्रकारसँग अन्तरक्रिया

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ५ चौतारा स्थित चौतारा होमस्टेमा सिन्धुपाल्चोक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुपाल्चोकले आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय स्तरका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । बिहीबार वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख अतथ्यतामा र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठको विशेष अतथ्यतामा भएको हो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सिन्धुपाल्चोकका प्रमुख श्रीराम पराजुलीले कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रमबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा पराजुलीले संघ र प्रदेशमा आयुर्वेद सेवा तथा आयुर्वेद शिक्षाका बारेमा जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय अस्पतालको आफ्नै भवन नरहेकोले समस्या परेको, सवारी साधनको समस्या रहेको भवन निर्माणका लागी आवश्यक जग्...

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
फुङ्लिङ(ताप्लेजुङ), ६ मङ्सिरः कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम)को रु एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ । ठूलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैँची प्रतिमन रु एक लाख सात हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैँची प्रतिमन रु एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ । सामान्य गुणस्तर भएको अलैँची प्रतिमन रु एक लाख एक हजारमा कारोबार भइरहेको छ । ताप्लेजुङमा साउनदेखि अलैँची टिपाइ सुरु हुन्छ । लेकाली क्षेत्रहरुमा अहिले पनि टिपाइ भइरहेको छ । मङ्सिर अन्तिम साता सम्...

जन बिकासमा माबीमा गणेश

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ रहेको जन बिकास माध्यमिक बिद्यालयको व्यवस्थापन समितीका अध्यक्षमा गणेश प्रसाद आचार्य चयन हुनु भएको छ । जनविकास माध्यमिक विद्यालय को विद्यालय व्यवस्थापन समितिको पुर्नगठन प्रकृयाको लागि आयोजित अभिभावक भेलाबाट बुधबार गणेश प्रसाद आचार्यको अध्यक्षतामा सुनिता रखाल रमेश माझीप्रमिला अर्याल रोशन राज गिरी बिनेश पराजुली कमला श्रेष्ठसदस्य रहेको समिती चयन भएको हो । बिद्यालयका अभिभावकहरुको भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथी वडा अध्यक्ष रोषन राज गिरीले शिक्षक बिद्यार्थीहरुलाइ राजनिती भन्दा माथी उठेर शिक्षा सिकाइमा लाग्न पर्ने बताउँदै शिक्षक बिद्यार्थीले राजनीतीका बारेमा होइन , शिक्षा उपलब्धीका बारेमा बढी ध्यान दिन पर्ने भएकोमा यस जन बिकास माबीमा पनी शिक्षकहरु र बिद्यार्थीहरुले यस तर्फ ध्यान दिएको पाएकोमा खुशी ब्यक्त गर्दै निर्वाचित पदाधिकारीह...

अराजकता फैलाउने ९ सामाजिक संजाल कारवाहीमा

ब्रेकिङ न्युज २, समाचार
प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युव च्यानललाई मंगलबार कारवाही गरेको छ । ती मध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचार समेत गरेको छ । सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युव च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ । काउन्सिलले पछिल्लोसमयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको छ । केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामाग्री प्रसारित भएपछि त्यस्ता माध्यमलाई कारवाही गरेको काउन्सिलले जनाएको हो । ...

स्नातक तह उतिर्णलाई नगरमै रोजगार दिदै बाह्रबिसे नगरपालिका

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले नगरभित्र स्नातक उतिर्ण गरेर बेरोजगार भएकाहरुलाई रोजगार दिने नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । बस्नेतले सम्पती मात्र भएर हुँदैन सम्पति भनेको खान लाउन पुग्ने भए हुन्छ तर इज्जत र इमान नै मुख्य सम्पती हो भन्नुहुँदै आफु जनप्रतिनिधी भएको नागरिकको सेवा गर्न हो त्यसैले बेरोजगार नागरिकलाई रोजगारको व्यवस्था मिलाउँने शिक्षा स्वास्थ्यको व्यवस्था र स्थानीय स्तरमा नै आय आर्जनको व्यवस्था गरेर नागरिकहरुलाई खुशी बनाउँनु नै आफ्नो मुल धन हो भन्नुभयो । उहाँले लोकप्रिय नेत्रज्योतीसँग कुरा गर्दै बाह्र्बिसे नगरपालिकामा कोही पनि बेरोजगार बस्न नपरोस भनेर स्थानीय आयआर्जनमा सहयोग गरिरहेको बताउँनु भयो । उहाँले जनप्रतिनीधी भएकाहरु साथीहरुले काठमाण्डौमा घर बनाउँने होइन नागरिकको समस्या समधान गरेर नागरिकको मन जित्न पर्छ त्यो नै धन सम्पती हो भन्नुभयो । बस्नेतले आफ्नो ...

एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव, ५ जना संचालक निर्बाचित

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
काठमाडौं –रंग उत्पादन गर्ने कम्पनी एभरेष्ट कलर लिमिडेटको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण सेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शनिबार सम्पन्न साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेको छ ।अन्य कलर उधोग भन्दा पृथक ढँगले, स्वदेशी युवाहरुको लगानीमा गुणस्तरीय एभरेष्ट कलर उपभोग गरेर आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पु¥याउने उद्देश्य लिएर १४ बर्षअघि एभरेष्ट कलर कम्पनी स्थापना भएको हो । कम्पनीको अधिकृत पुँजी  ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । त्यसमध्ये संस्थापक सेयरधनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्ने छ ।साधारणसभाले सरोज लुईटेल, रा...