सम्पर्क

जन बिकासमा माबीमा गणेश

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ रहेको जन बिकास माध्यमिक बिद्यालयको व्यवस्थापन समितीका अध्यक्षमा गणेश प्रसाद आचार्य चयन हुनु भएको छ । जनविकास माध्यमिक विद्यालय को विद्यालय व्यवस्थापन समितिको पुर्नगठन प्रकृयाको लागि आयोजित अभिभावक भेलाबाट बुधबार गणेश प्रसाद आचार्यको अध्यक्षतामा सुनिता रखाल रमेश माझीप्रमिला अर्याल रोशन राज गिरी बिनेश पराजुली कमला श्रेष्ठसदस्य रहेको समिती चयन भएको हो । बिद्यालयका अभिभावकहरुको भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथी वडा अध्यक्ष रोषन राज गिरीले शिक्षक बिद्यार्थीहरुलाइ राजनिती भन्दा माथी उठेर शिक्षा सिकाइमा लाग्न पर्ने बताउँदै शिक्षक बिद्यार्थीले राजनीतीका बारेमा होइन , शिक्षा उपलब्धीका बारेमा बढी ध्यान दिन पर्ने भएकोमा यस जन बिकास माबीमा पनी शिक्षकहरु र बिद्यार्थीहरुले यस तर्फ ध्यान दिएको पाएकोमा खुशी ब्यक्त गर्दै निर्वाचित पदाधिकारीहरुलाइ शिक्षा सिकाईमै प्राथमीकता दिएर नमुना बिद्यालयको रुपमा स्थापित गराउँन भन्दै निर्बाचित पदाधिकारीहरुलाइ सफल कार्यकालको शुभकामना ब्यक्त गर्नू भयो ।