नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक ,कृषी उत्पादनमा गरेको सहयोग परिणाममुखी बनाउँन कृषकहरु नै लाग्न पर्ने र स्थानीय स्तरमा उत्पादन सामाग्रीको स्थानीय स्तरमा नै खपत गराएर स्थानीयलाइ रोजगारका साथै आय आर्जनका लागी कृषक सञ्जाल गठन गर्न लागीएको चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ ।
वास्तवीक कृषक जो मेहनत गर्छ उसैलाइ सहयोग गर्न पर्ने भएको भएता पनी कृषकहरुको उत्पादनले बजारीकरणमा ठगीएकाले यसको रोकावटका लागी यो योजना ल्याएको समेत बताउँनु भयो । नगर प्रमुख सापकोटाले नगर स्तरिय कृषक समुह, कृषी सहकारी सस्थाका प्रतिनिधीहरुको चौतारामा भएको भेलालाइ सम्बोधन गर्दे यस्तो बताउँनु भएको हो । कृषी उत्पादनमा आधारित अनुदान बितरण गरिएको , दुधमा अनुदान दिएको , बिउको राँगा , बोका अनुदान दिएको , कृषी प्रबिधीहरु दिएको भएता पनी अनुदान अनुसार उपलब्ध नभएको महशुस भएकाले यो बिधी अपनाइएको बताउँनु भयो । उँहाले कृषकलाइ कुन कुन सहयोग गर्न पर्छ नगरपालिका सहयोग गर्न तैयार रहेको तर उपलब्धी मुलक हुन पर्ने बताउँनु भयो ।
कार्यक्रममा उप प्रमुख सिता थापाले नगरपालिकाबाट कृषकहरुलाइ दिइएको बिउका राँगा, बोकाहरुका बारेमा उपलब्धी नदेखीएको र नगरपालिकाबाट अनुदानमा लिएर स्थानीयलाइ बोका लगाउँदा पुरै ज्याला लिने गरेको गुनासो आएकाले उपलब्धी बिहीन भएको बताउँनु भयो । उँहाले समुहका सदस्यहरुले पुरै पैसा दिन पर्ने भए पछी यो अनुदानको औचित्य नभएकाले प्रत्यक्ष रुपमा कृषकले अनुदानको अनुभुती पाउँने गरी नगरपालिकाले कार्यक्रम ल्याउँन लागेको बताउँनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले नगरपालिकाबाट कृषी क्षेत्रमा धेरै अनुदानको व्यवस्था गरेको देखीएको छ । कृषकका लागी छुट्याइएको बजेट सदुपयोग गर्नका लागी नगरपालिका लागी परेको देखीएको छ । नगर सभाले कृषकको हितका लागी बजेट बिनीयोजन गरेको छ ।
तर २÷३बर्ष सम्म पनी कार्यन्वयवनमा आएको छैन । यो हुनुमा कृषकको प्रत्यक्ष सहभागी नहुनु हो , अर्का तर्फ कृषकद्धारा उत्पादन गरेका सामाग्रीहरुको मुल्य नपाउँनु उपभोक्ताले भने महङ्गोमा किन्न पर्ने भएकाले पनी कृषकहरुकै सहभागतिामा कृषक सञ्जाल को व्यवस्था गर्दा बिचैलीयाको अन्त्य भएर उत्पादनमा बृद्धी हुन्छ की भनेर यो कार्यक्रमको आयोजना गरिएको बताउँनु भयो ।कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट ५ नं का वडाअध्यक्ष शिब श्रेष्ठले कृषकले उत्पादन गरेको सामाग्री हरु सुपथ मुल्यमा उपभोक्ताले पाउँने र कृषकले पनी उचित मुल्य पाउँने व्यवस्थाका लागी नगरपालिका लागी परेकोले जती उत्पादन गर्ने हो गर्नुहोस बजारीकरणका लागी कालीमाटीको व्यपारीको भाउमा चौतारामा लिने व्यवस्था नगरपालिकाले गर्छ भन्नु भयो ।
नगर सहकारी सञ्जालका अध्यक्ष नरमान श्रेष्ठले समुह, सहकारी जे भए पनी कृषकका हितका लागी काम गर्न पर्ने बताउँनु हुँदै नगरपालिकाले नगरका कृषकहरुको हितका लागी काम गरिरहेको बताउँनु भयो । उद्योग बाणिज्य सङ्घ सिन्धुपाल्चोकका बरिष्ठ उपाध्यक्ष उजारसिङ तामाङले हरेक बिपदमा आफ्ना सदस्यहरुलाई सहयोग गरिरहेको बताउँनु भयो ।उँहाले उद्योग बाणिज्य सङ्घमा सदस्यता लिन र नबिकरण गर्न अनुरोध गर्दै नगर पालिकाले सहयोग अनुदान दिएको आधारमा कृषि उत्पादन हुन नसकेकोमा चिन्ता ब्यक्त गर्नु भयो ।
उँहाले बीउ बिजन उत्पादनमा समेत गत बर्षहरु जस्तो उपलब्ध हासिल गर्न नसकेकाले यश तर्फ ध्यान दिन अनुरोध गर्नु भयो।उँहाले अनुदान लिने र दिने कुरा ठुलो होईन अनुदान दिने र लिने दुबै पक्षले उपलब्धी भयोभएन भनेर मुल्याङ्कन गर्न सक्न पर्ने बताउनु भयो।नगर कृषी बकिास शाखाका प्रमुख चिरन्जीबी कट्टेलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा १४ वटा वडाका प्रतिनिधीहरु रहने गरी सञ्जाल गठन भएको छ ।
सञ्जालको अध्यक्षमा नन्द लाल नेपाल, उपाध्यक्षमा शुसिला केसी, सचिबमा पदमलाल श्रेष्ठ कोषध्यक्षमा सिर्जना गिरी सहीत १७सदस्यीय नगर कृषी सञ्जाल गठन भएको कृषी बिकास शाखा प्रमुख कटेलले जानकारी दिनु भयो । उँहाका अनुसार यो तदर्थ समिती हो नगर पालिकामा २८६ समुह दर्ता छ त्यसमा नबीकरणको सख्या न्युन छ नबीकरण भएकाहरुलाइ मात्र भेलामा सहभागी गराइएको हो भन्नु हुँदै केही समय पछी नबीकरण गर्न आउँने सबैलाइ समेटेर भेला बोलाउँने काम का साथै नगरमा रहेका कृषकहरुको हितका लागी काम गर्ने गरी यो तदर्थ समिती गठन भएको हो ।
