सिन्धुपाल्चोक जिल्लाको बलेफीगाँउपालिकामा घरमा बाँदर छिर्न नदीदा मान्छे ले कुटाइ खाएर घाइते भएका छन। सिन्धुपाल्चोक जिल्ला बेलेफी गाँउ पालिका वडा नं ४मा दिउँसै करिब ४बजेको समयमा तोया नाथ नेपालको घरमा बाँदरको हुल छिर्न लागे पछी रोक्ने क्रममा भएको झडपमा बाँदरको कुटाइ बाट तोया नाथ नेपाल , जयरामा नेपाल खिका प्रसाद नेपाल, र इश्वर प्रसाद नेपाल घाइते हुनु भएको ४ नं वडाका वडा सचिब फुर्पा छिरिङतामाङले जानकारी दिनु भयो । उँहाका अनुसार बाँदर घरभित्रै छर्न लागे पछी घर भित्र ४जना र बाहीर गाँउले हरु जम्मा भएर लखेट्न लाग्दा घर भित्र भएका चारै जना घाइते भएको र घाइते मध्य तोया नाथ नेपाल र जयराम नेपाललाइ उपचारका लागी काठमाण्डौ लगीएको छ । घर भित्र छिरेर घरमा भएका अन्न हरु खाइदिने छर्ने गर्न थाले पछी स्थानीय हरु त्रसित बनेका छन। बाँदरको हुल गाउँमा पस्ने क्रममा तल्तागाउँका स्थानीय जयराम नेपालको घर नजिकै सिंचाइका लागि निर्माण गरिएको पोखरीमा बाँदरको बच्चा समेत खसेको समाचार प्राप्त भएको छ । पोखरीमा बच्चा खसेपछी बाँदरको हुल जयरामको घरमा पस्यो । स्थानीय वसन्त नेपालका अनुसार घरमा बाँदर छिरेपछि गाँउले आएर बाँदर धपाउन थाले । बाँदर धपाउन आएका मध्ये घरभित्र छिरेका ४ जनासँग बाँदरको घम्साघम्सी परेको हो ।घरभित्र बाँदरसँग घम्साघम्सि परेका चारै जना घाइते हुनु भएको हो । ४ जना मध्ये २ जना सामान्य उपचार पछि घर फर्कीएका छन भने केशव नेपाल र जयराम नेपाललाई थप उपचारका लागि टेकु अस्पताल पु¥याइएको छ ।“प्राकृतिक वनको खण्डीकरण, शहरीकरण र बढ्दो जनसंख्याका कारण मानिस–बाँदरबीच द्वन्द्व बढेको हो,” “द्वन्द्व त भर्खर शुरू हुँदैछ, किनभने मानव बस्ती बढ्ने क्रम जारी छ।”मानव–बाँदर द्वन्द्व बढ्नुको मुख्य कारक बसाइँसराइ हो। खोज पत्रकारिता केन्द्रद्वारा प्रकाशित एक रिपोर्ट अनुसार‚ सन् २०२१ को जनगणनाको प्रारम्भिक प्रतिवेदनमा पछिल्ला १० वर्षमा मात्रै शहरी जनसंख्या ६३.१९ बाट ६६.०८ प्रतिशत पुगेको छ। ग्रामीण जनसंख्या ३६.८१ प्रतिशतबाट घटेर ३३.९२ प्रतिशतमा झरेको छ।यो परिवर्तनले ग्रामीण कृषि बिथोलिएको छ। खेतबारी बाँझै रहन थालेका छन्। गाउँका खेत बाँझो हुने र शहरको नजिक सीमित खेतीपाती हुन थालेपछि बाँदर ग्रामीण भेगबाट शहरी बस्तीतिर आइरहेको विभिन्न अध्ययनले देखाएको छ। नेपालमा तीन प्रजातिका बाँदर पाइन्छन्। तिनमा लङ्गुर बाँदर र बाँकी दुई प्रजातिका मकाका बाँदर पर्दछन्। लङ्गुर (ढेडु पनि भनिन्छ)को सेतो जीउ, कालो अनुहार, लामो पुच्छर हुन्छ। मकाका प्रजातिका पहरे बाँदर (कालो बाँदर) र रातो बाँदर (अनुहार र पुच्छरमा रातो) हुन्छन्।लङ्गुर प्रजातिका बाँदरबाट मानिसलाई खासै समस्या नहुने बाँदरविज्ञहरुको भनाइ रहेको छ । बाँदरले आफ्नो आहाराको ४५ प्रतिशत र बाँकी ५५ प्रतिशत कृषि बाली तथा गाउँघरबाट चोरेर खाने गरेको पाइएको थियो। बाँदरले रुचाउने वनस्पतिमा घँगारु, चुत्रो, चिलाउने, कटुस, हाडे बयर, काफल, जामुन पर्दछन्।कृषि भूमि र गाउँबस्तीमा भने बाँदर मकै, आलु, गहुँ तथा तरकारीजन्य उत्पादन खान आउने गरेको छ। बाँदरले टिम्बुर, कागती, खुर्सानी, अदुवा, बेसार, पिंडालु लगायत बालीलाई भने धेरै नोक्सानी गर्दैन।द्वन्द्वको प्रमुख कारण एउटै भूभागमा मानिस र बाँदर बस्नु हो। यस्तै‚ अन्य कारणमा वातावरणीय प्रभाव हुन्। जङ्गल खण्डीकरण, बाटो विस्तार, जङ्गल हुँदै गएको बिजुलीको हाइटेन्सन लाइन, वन फँडानी लगायत मानवीय गतिविधिले मानव–बाँदर द्वन्द्व बढिरहेको छ।