सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले नगरभित्र स्नातक उतिर्ण गरेर बेरोजगार भएकाहरुलाई रोजगार दिने नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ ।
बस्नेतले सम्पती मात्र भएर हुँदैन सम्पति भनेको खान लाउन पुग्ने भए हुन्छ तर इज्जत र इमान नै मुख्य सम्पती हो भन्नुहुँदै आफु जनप्रतिनिधी भएको नागरिकको सेवा गर्न हो त्यसैले बेरोजगार नागरिकलाई रोजगारको व्यवस्था मिलाउँने शिक्षा स्वास्थ्यको व्यवस्था र स्थानीय स्तरमा नै आय आर्जनको व्यवस्था गरेर नागरिकहरुलाई खुशी बनाउँनु नै आफ्नो मुल धन हो भन्नुभयो । उहाँले लोकप्रिय नेत्रज्योतीसँग कुरा गर्दै बाह्र्बिसे नगरपालिकामा कोही पनि बेरोजगार बस्न नपरोस भनेर स्थानीय आयआर्जनमा सहयोग गरिरहेको बताउँनु भयो । उहाँले जनप्रतिनीधी भएकाहरु साथीहरुले काठमाण्डौमा घर बनाउँने होइन नागरिकको समस्या समधान गरेर नागरिकको मन जित्न पर्छ त्यो नै धन सम्पती हो भन्नुभयो । बस्नेतले आफ्नो निर्बाचन क्षेत्रबाट निर्वाचन जितेका माननीयले स्थानीय बासीलाई बिपद पर्दा वास्ता नगरेकामा चिन्ता ब्यक्त गर्दै अर्काे क्षेत्रमा निर्वाचन जितेका माननीयले यस क्षेत्रमा आएर रातदिन खटेको बताउँनु भयो । नगरपालिकाले बालबालिकाको पहुँचमा पु¥याउन कक्षा १२ सम्म निःशुल्क शिक्षा दिएको, सरकारले कक्षा ५ सम्म मात्र दिवा खाजाको व्यवस्था गरेकामा नगरपालिकाबाट कक्षा ६ देखि ८ कक्षासम्म दिवा खाजाको गरिएको जानकारी दिनुभयो । बस्नेतले बाह्रबिसे नगरपालिकाको विकासको मूख्य आधार सडक, शिक्षा, पर्यटन, कृषि र सहकारी हो । पर्यटन विकास र खेल क्षेत्रको विकास गरी नगरको पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा वृद्धि गर्न बाह्रविसे नगरपालिका भित्र स्वीमिङ पुल निर्माण, सार्वजनिक व्यायाम स्थल निर्माण लगायतको पूर्वाधार विकासको कार्यक्रम गरिएको जानकारी दिनु भयो । गुणस्तरीय शिक्षा, कृषि तथा पशुपालन, उत्पादन तथा उत्पादकत्वको अभिवृद्धि, पूर्वाधार निर्माण, खानेपानी तथा सरसफाई, मावन पुँजी निर्माण, उद्यमशीलता विकास, रोजगारीमा सिर्जना, बहुआयमिक गरिबीको दर न्यूनीकरण, पर्यावरणीय सन्तुलन, विपद् व्यवस्थापन र सुशासनलाई प्राथमिकतामा नयाँ योजनाहरु समावेश गरी कार्यान्वय गरीएको बताउँनु भयो । बस्नेतले ललितपुरमा गएर बाढी पिडीतलाई राहात लिएको सम्बन्धमा केही ब्यक्ती हरुबाट उठाइएका कुराहरु प्रती आफ्नो ध्यान केन्द्रित भएको बताउँदै मानीसको अन्तिम यात्रा भनेको मृत्यु नै हो आकलका मृत्यु हँदा परिबारमा हुने पिडा कती हुन्छ त्यस प्रती बिचार गर्नु पर्छ माननीय मोहन बहादुर बस्नेतले नेपालमा भएका हरेक स्थानमा बिपदमा परेकालाइ सहयोग गर्दै आउँनु भएको छ, हामीले पनी उँहाको कार्यमा साथ दिएको हो । अनि जहाँ बिपद परेपनि मानवीय नाताले पनि सहयोग गर्नुपर्छ हामीले यो ठाउँ उ ठाउँ भन्नु हुँदैन जहाँको भए पनि मानिस हो जसलाई चोट लागेपनी आफैलाई लागेको मान्नु पर्छ मानवीय धर्म समेत थाहा नहुने, आफुपनि सामाजिक काम गर्न नसक्ने अरुले गरेको पनि देख्न नसक्नेले सामाजिक सञ्जालमा लेखेको भरमा अब नागरिकले पत्याउँदैनन त्यसैले यस्तो सामाजिक सञ्जालमा बिरोध गर्नुभन्दा आफैले जे सकेको सहयोग गर्नका लागी सबैलाई अनुरोध गर्छु भन्नुभयो ।
