सम्पर्क

तामाङलाई जिताउने जिम्मा गौरी शङ्करबासीको विकास गर्ने जिम्मा काँग्रेसको ः बस्नेत

नेपाली काँग्रेसको केन्द्रीय सदस्य पूर्व मन्त्री माननीय मोहन बहादुर बस्नेतले दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिकाको उप–प्रमुख पदमा पासदिकी तामाङलाई जिताउने जिम्मा गौरी शङ्कर गाउँपालिकावासीको रु गाउँपालिकाकोको हरेक विकास गर्ने जिम्मा नेपाली काँग्रेसको भएको बताउनु भएको छ । नेपाली काँग्रेसको तर्फबाट दोलखाको गौरीशङ्कर गाउँपालिकाको उप–प्रमुख पदमा पासदिकी तामाङले उम्मेदवारी दर्ता गराउनु भए पछि उहाँले पद एउटा हुन्छ आकाङ्क्षी धेरै हुन्छन् त्यसमा टिकट नपाउने ले पनि आफैले पाएको सम्झेर पाटीलाई जिताउन लागी पर्न पर्छ भन्नु हुँदै पटी भित्रको आन्तरिक कुरा छ भने पाटी भित्रै बसेर छलफलबाट टुग्याउँन पर्छ भन्नु भयो ।   उहाँले अहिले को अवस्था भनेको छलफल आन्तरिक असन्तुष्टि र मतभेद भएको भएता पनि यसलाई अन्त्य गरेर तामाङलाई विजयी गराउन लाग्न पर्ने मतभेद र असन्तुष्टि भए चुनावपछि आन्तरिक छलफल गरेर मिलाउनुपर्ने बताउनुभयो ।उहाँले निर्वाचनमा खटेर पाटीको उम्मेदवारलाई जिताउन लागी पर्ने नेता तथा कार्यकर्ताको मूल्याङ्कन गरेर पाटीले प्रोत्साहन गर्ने र काम गर्नेका लागी उचित स्थान दिने भएकाले निर्वाचनमा सबै एक जुट भएर लाग्न आग्रह गर्नु भयो । उहाँले पाटीले मूल्याङ्कन गर्ने मुख्य समय भनेकै निर्वाचनका बेला हो भन्दै हरेक बिकासका लागी आफुले सिन्धुपाल्चोकमा जस्तै दोलखामा पनि सहयोग गर्ने बताउनु भयो । बस्नेतले काँग्रेसबाट उप–प्रमुखको उम्मेदवार बनेकी पासदिकी तामाङलाई मतदान गरेर विजयी बनाउन अपिल गर्नुभयो। कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्लेले जो भए पनि नेपाली काँग्रेसकै हो त्यसैले यहाँ कुनै विवाद छैन सबैले एक भएर पाटीलाई जिताउन पर्ने बताउनु भयो जिल्ला पाटी सभापति बर्मा लामाले अहिले पाटीको उम्मेदवारलाई जिताउन लाग्न अनुरोध गर्दै दोलखा जिल्लाको साथै गौरी शङ्कर गाउँ पालिका नागरिकहरूको हरेक समस्या आफ्नै समस्या भएकाले यो समस्याहरू समाधान गर्न आफू हर समय लागी पर्ने बताउनु भयो । तत्कालीन गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको ५३ वर्षको उमेरमा २०८० साल असारमा निधन भएको थियो । सोही कारण यहाँ उपनिर्वाचन गर्नुपरेको हो । जिल्ल पाटी सभापति बर्मा लामाका अनुसार शेर्पा स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमती हुनुहुन्छ । नेपाली काँग्रेसको विधान अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टिकट फाइनल गर्ने अधिकार जिल्ला संसदीय समितिलाई छ ।( फोटो रामेश्वर आचार्यको फेसबुकबाट)