सम्पर्क

आयुर्वेद सेवा प्रवर्द्धनबारे पत्रकारसँग अन्तरक्रिया

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ५ चौतारा स्थित चौतारा होमस्टेमा सिन्धुपाल्चोक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुपाल्चोकले आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय स्तरका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । बिहीबार वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख अतथ्यतामा र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठको विशेष अतथ्यतामा भएको हो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सिन्धुपाल्चोकका प्रमुख श्रीराम पराजुलीले कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रमबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा पराजुलीले संघ र प्रदेशमा आयुर्वेद सेवा तथा आयुर्वेद शिक्षाका बारेमा जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय अस्पतालको आफ्नै भवन नरहेकोले समस्या परेको, सवारी साधनको समस्या रहेको भवन निर्माणका लागी आवश्यक जग्गा नभएकोले समस्या परेको बताउनु भयो । उहाँले समस्याका बाबजुद पनि गत बर्सहरू भन्दा यस वर्ष सेवा प्रभावकारी भएको बताउनु भयो । बहिरङ्ग सेवा, निःशुल्क औषधी वितरण, सशुल्क फार्मेसी सञ्चालन, पूर्व कर्म÷पञ्चकर्म सेवा, निःशुल्क योग परामर्श सेवा, ज्येष्ठ नागरिक सेवा, स्तनपायी कार्यक्रम, प्रयोगशाला सेवा, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा र शल्य सेवा प्रदान गर्दै आइरहेको बताउँदै पराजुलीले जग्गाको व्यवस्था भए भवनका लागी प्रदेश सरकारले व्यवूथ नष्र्ने बताउनु भयो । उहाँका अनुसार गत आर्थिक वर्षको मुख्य कार्यक्रमहरू विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर, आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई आयुर्वेदसम्बन्धी क्षमता अभिवृद्धि तालिम, ज्येष्ठ नागरिक कार्यक्रम, आयुर्वेद स्वास्थ्यकर्मी मार्फत जीवनशैली व्यवस्थापन कार्यक्रम गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई जग्गा र भवनको समस्या भएको हुँदा जग्गा प्राप्ति र हालकै भवनको तला थपको लागि मन्त्रालयबाट व्यवस्था गरिदिनुपर्ने,चार चक्के सवारी साधन,चिकित्सकको अभाव भएको बताउनु भयो । भान्सा घर औषधालय कार्यक्रम,आमा समूह र स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण,पथ्य आहार कार्यक्रम नागरिक आरोग्य सेवा केन्द्र तथा अभियान सञ्चालन गरिएको बताउनु भयो । कार्यक्रममा सञ्चार कर्मीहरूले कार्यालय अपायक भएकाले यसको व्यवस्थापनमा जोड दिन अनुरोध गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष शिव श्रेष्ठले चिकित्सालयले गरेका कामहरू राम्रा भए पनि चौतारामा बजार भन्दा टाढा भएकाले सेवाग्राहीलाई समस्या परेको बताउनु हुँदै यसका लागी वडा कार्यालयबाट कम्तीमा पनि हप्ताको १पटक सेवा दिने व्यवस्था मिलाउन पर्ने बताउनु भयो ।