रामचन्द्र दुलालमेलम्ची/ ७ मंसिर
,नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले पाटीभञ्ज्याङ देखि बाहुनेपाटी खण्डकाे मध्यपहाडी लाेकमार्गकाे निरिक्षण तथा अनुगमन गर्नुभएकाे छ ।मध्यपहाडी लाेकमार्गकाे लागि ७६ कराेड सुनिश्चित भएकाे छ । लाेकमार्गकाे अनुगमन गर्दै पुर्वमन्त्री बस्नेतद्वारा यश खण्डमा अब गुणस्तरीय सडक बन्ने बताउनुभयाे । ७६ कराेड मध्ये अधिकांस काम सिन्धुपाल्चाेकमा हुने उहाँले जानकारी दिनुभयाे ।निरिक्षणकाे क्रममा बस्नेतले यश अघि पनि साना तथा मझाैला याेजना परेकाे अवगत गराउनुभयाे । ‘यश क्षेत्रमा ठुलाे रकम परेकाे छ । समयमा काम गर्न पर्याे’, पुर्वमन्त्री बस्नेतले भन्नुभयाे । समयमा काम नभएमा रकम अन्त जाने भन्दै चाँडै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई उहाँले निर्देशन दिनुभयाे ।साथै बस्नेतले स्थानियकाे मागकाे सम्बाेधन गर्दै जाने बताउनुभयाे । केही समय अघि काउलेमा उद्घाटन भएकाे नगर अस्पतालमा आवस्यक सामान उपलब्ध गराएकाे बताउँदै ५ बर्ष भित्रमा भाेटकाे कदर हुने गरि काम गर्ने उद्घाेश गर्नुभयाे ।शुक्रवार स्थानिय र निर्माण व्यबसायी बिच अन्तर्क्रिया कार्यक्रम समेत गरिएकाे छ । यश क्षेत्रमा बिनियाेजित रकम बाट कसरी काम गर्न सकिन्छ भनेर स्थानिय संग छलफल गरिएकाे थियाे । अन्तर्क्रिया कार्यक्रममा बजेट सुनिश्चित भएर तिव्र गतीमा काम भइरहेकाे स्थानियले बताएका छन । बाटाे खन्दा खानेपानीका पाइप लगायत गाेरेटाे बाटाे बिच्छेद भएकाे भन्दै त्यसकाे समेत मर्मत गरिदिनपर्ने स्थानिय अनिल थापाले माग गरे । पिप्लेमा बसपार्क निर्माण गरिदिनुपर्ने तथा सिँचाई कुलाेकाे मर्मत गरिदिनुपर्ने उहाँले माग राख्नुभयाे ।मध्यपहाडी लाेकमार्गकाे पाटीभन्ज्याङ देखि बाहुनीपाटी खण्डमा बन्धना भगवती कन्स्ट्रकसनले काम गरिरहेकाे छ । अन्तरक्रिया कार्यक्रममा स्थानियकाे माग सम्बाेधन गर्दै कम्पनीका ईन्जिनियर देव ढुंगेलले स्थानियकाे सबै माग पूरा गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे । संघिय सांसद बस्नेतले लाेकमार्गकाे लागि थप बजेटकाे लागि पहल गरिदिएकाे हुनाले गत बर्ष १ अर्व जतिकाे काम गरेकाे जानकारी दिनुभयाे । अझै पनि ४९ कराेड बाँकी रहेकाे उहाँले बताउनुभयाे । लाेकमार्गकाे काम तिव्र गतीमा जाने बताउँदै पाटीभन्ज्याङमा ३०० जना कामदारले काम गरिरहेकाे र भदाैरे बाट पनि काम भईरहेकाे जानकारी दिनुभयाे । काम गर्दा स्थानियकाे खेत, कुलाे नास हुन नदिने उहाँले प्रतिवद्वता व्यक्त गर्नुभयाे ।अनुगमनकाे क्रममा बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ, कांग्रेस जिल्ला सचिव रमेशराज भण्डारी, क्षेत्रिय सचिव विष्णु घाेरासैनी, मेलम्ची नगर सभापती वसन्त गुरूङ, यश भेगका निर्वाचित जनप्रतिनिधिहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।