मृगौला पीडित कान्छा पराजुलीलाई हाम्रो जन्मभूमिको ५१ हजार सहयोग
मृगौला पीडित काभ्रेपलान्चोक जिल्ला मन्डनदेउपुर नगरपालिका वडा नं. १२ स्थायी हाल टिकाथलि बसोबास गर्ने ५१ वर्षिया कान्छा बहादुर पराजुलीलाई हाम्रो जन्मभूमि सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ ।
पराजुलीलाई उपचारका लागी नगद ५१ हजार १ सय पाँच रुपैयाँ आर्थिक सहयोग गरेको हो । जन्मभूमि संस्थाको अध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा संस्थाका प्रमुख सल्लाहकार निमनाथ फुयाँलको प्रमुख आथित्यता, चौतारा सागाचोकगढि नगरपालिका वडा –१३ का वडा सदस्य धन बहादुर श्रेष्ठको विशेष आतिथ्ययतामा एक कार्यक्रम बिच उक्त रकम हस्तान्तरण गरेको थियो । संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता देउजा थापा, केन्द्रीय सदस्यहरू झम्क बहादुर श्रेष्ठ, प्रमीला बस्नेत थापा, हेम बहादुर अधिकारी , आजीवन तथा संस्थापक सदस्य देवकी ढुङ्गाना, बिरामी कान्छा बहादुर पराजुली लगायतका समाजसेवी सहयोगी तथा सहयात्रीको उपस्थिति रहेको थियो । आर्थ...
