सम्पर्क

कतारमा भब्य रुपमा मनाईयो माघ्या सकराटी गायिका लामिछानेलाई कतारमा दर्शकले दिए भरपुर्ण साथ

दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड “माघ्या सकराटी“ कतारमा भब्य रुपमा मनाईएको छ । नयाँ बर्षको अवसर पारेर (मिनाम ल्हेस् ५०१८)– २०२५ को अवसरमा नेपाल मगर संघ शाखा कतारको आयोजनामा शुक्रबार ईन्डियन आईडियल स्कुलको सभाहलमा बनभोज तथा बिविध साँस्कृतिक कार्यक्रमको साथमा मनाईएको हो । विभिन्न भेषभुषामा सजिएका करिब एक हजार दर्शकहरुको उपस्तिथिमा कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहेकी अतिथि कलाकार सम्झना लामिछाने मगर चम्फा चमेली,गित गाउदै जब स्टेज चढ्नुभयो, हलको माहोल तात्यो दर्शकको हुटिङले मन जित्यो । कौडा गित रुमाल धोएर घरमा पराल,देउना रुमाल बैना,फुल फुलेर पहेलै, यसै त डल्ली, जस्ता आफ्ना करिब एक दर्जन गित प्रस्तुत गर्नुभएको थियो । लामिछानेको प्रस्तुतिमा हलमा उपस्थित छमछ्मी नाचिरहे। कार्यक्रमको रुप रेखा अनुसार दुई चरण स्टेज चढेकी गायिका लामिछानेको प्रस्तुतिमा साझँ पख चिसो जति जति बढ्दै गयो त्यति नै माहोल सङ्गीतमय बन्यो । लामिछाने सगैं नाच्दै गाउदै रातको ८ बजे सम्म दर्शकहरुले भरपुर्ण साथ दिएका थिए ।
संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यता रहेको थियो । बिधिगत रुपमा उदंघाटन सहित राष्ट्र प्रेम भावंले राष्ट्रिय गान सहित नेपालका प्रथम सहिद लखन थापा मगर र ज्ञात अज्ञात सहिदको सम्झनामा मौन धारण समेत गरिएको थियो । नेपाल मगर साँस्कृतिक परिवारमा आवद्ध रहेका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए कार्यक्रमका सभापति प्रमुख अतिथी,पुर्व अध्यक्ष,तथा बिशिष्ट अतिथीहरुलाई खादा र फेटाद्धारा सम्मान गरिएको थियो । कार्यक्रम संयोजक कुमार राहादी मगरले कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको थियो । बृहत् साँस्कृतिक कार्यक्रममा सघंको मातहतमा रहेका साँस्कृतिक,एरिया बिभाग तथा समितिमा रहेका कलाकारहरुले सालैजो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या तथा अन्य संस्कृति झल्काउने एकल तथा सामुहिक नृत्य पस्केका थिए । सुरेश बिसी रेश्मी सेन्चुरी, शिवराम ढकाल लगायत अन्य कलाकारहरुले सांगीतिक कोशेली पस्केका थिए ।
जनजाती समुदायको परम्परा अनुसार संघलाई नेपाल आदिवासी जनजाती महासंघमा आवद्ध रहेका विभिन्न मातृंसंस्थाहरुले एक अर्कामा सदंभाव प्रकट गर्दै नेपाल मगर संघ शाखा कतारलाई सगुन स्वरुप (कोशेली) उपहार प्रदान गरेका थिए । कार्यक्रमलाई विभिन्न कोणबाट सहयोग गरेका प्रायोजकहरु कलाकारहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । संघकी उपाध्यक्ष देवी कुमारी मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमका प्रमुख अतिथी मगरले आफनो मन्तव्य बोल्दै मगरहरुको प्रमुख राष्ट्रिय चाड “माघ्या सकराटी“ बिगतका बर्षहरुमा भन्दा यो बर्ष अति नै भब्य बनेको आफुले महशुस गरेको बताउदै संघलाई हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । नेपाल मगर महिला बिभागकी सचिव रबिना मगर र संघका महासचिव समीर थापा मगरले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति आले मगरले कार्यक्रमलाई भब्यता साथ सम्पन्न गर्न साथ सहयोग गर्नुहुने सबैलाई कृतज्ञता प्रकट गर्नुभयो । नेपाल मगर सघं शाखा कतारले मगरहरुको प्रमुख राष्ट्रिय चाड “माघ्या सकराटी” हरेक बर्ष धुमधामका साथ मनाउदै आईरहेको छ ।