सम्पर्क

राष्ट्रिय विच भलिबल प्रतियोगिता प्रहरी क्लबको कब्जामा

सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिकाको सुकुटेमा आयोजित सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय विच भलिबल प्रतियोगिताको दुवै विधाको उपाधि नेपाल पुलिस क्लबले हाता पारेको छ । सुकुटेको सुनकोसी नदी बगरमा माघ १गते देखी सुरु भइ ५ गते समापन भएको फाइनल खेल जित्दै पुलिसका महिला तथा पुरुष जोडीले उपाधि हात पार्न सफल भएको हो । महिलातर्फ पुलिसका कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलमा पुलिसकै पुनम चन्द र कामना बिष्टको जोडीलाई २१–१९ र २१–१० को सोझो सेटले पराजित गरेको थियो भने एपिएफका निरुता ठगुन्ना र नेविका चौधरीको जोडी तेस्रो बन्दा एपिएफकै रस्मिता दुरा र जस्ना महतोको जोडीले सान्त्वना स्थान हासिल गरेको छ । पुरुषतर्फ फाइनलमा पहिलो सेट गुमाएको पुलिसका चन्द्र कुँवर र सफल बिकको जोडीले एपिएफविरुद्ध पुनरागमन जित निकाल्दै उपाधिहात पारेको यिो । एपिएफएका रमेश बिक र बलिराम चौधरीको जोडीलाई पुलिसका यो जोडीले २१–१८, १४–२१ र ८–१५ ले हरायो। त्रिभुवन आर्मी क्लबका टिकराज तामाङ र सूर्य परियारको जोडी तेस्रो हुँदा एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीले सान्त्वना पुरस्कार जित्यो। प्रतियोगिताको पहीलो हुनेलाइ ५० हजार , दोश्रो हुनेलाइ २५ हजार रुपैयाँ तेस्रो हुनेलाइ १ञ्५हजार र चौथो हुनेलाइ १० हजार नगद ुिरस्कार दान गरिएको थियो । पुलिसका कमला पुन र सफल बिक प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुनु भएको कारण जनही ट्रफीका साथमा नगद ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । विजेता खेलाडीलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरे। सुकुटे पर्यटन व्यवसायी संघ र जिल्ला भलिबल संघको आयोजना तथा व्यवस्थापनमा आयोजना गरिएको प्रतियोगिताको संयोजन नेपाल भलिबल संघले गरेको थियो।प्रतियोगितामा ६ प्रदेश र तीन विभागीय टोलीका महिला, पुरुष गरी ३५ जोडीले भाग लिएका थिए। पाँच दिन चलेको प्रतियोगिताको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्नु भएको थियो भने समापन केन्द्रीय सदस्य तथा नष्र प्रमुख सापकोटाले गर्नु भएको थियो ।नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिताका दुवै विधाका विजेता र उपविजेता टोलीले सन् २०२५ भरि हुने अन्तर्राष्ट्रियस्तरको काभा विच भलिबल प्रतियोगितामा भाग लिने जानकारी दिनु भयो । आयोजक सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाउँदै यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँनु भयो ।