सम्पर्क

बिभिन्न ब्यक्तिलाई सम्मान सहित ज्ञानमन्दीर माविको ४९आंै बार्षिकोत्सव सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी वडा नं. ७ मा रहेको ज्ञान मन्दिर नमुना माध्यमिक बिद्यालयले बिभिन्न ब्यक्तिहरुलाई सम्मान गर्दै आफ्नो ४९औं बार्षिकोत्सव मनाएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले विद्यालयबाट वार्षिक रुपमा प्रकाशित हुने ज्ञानवाटिका नामक स्मारिका विमोचन गर्नुुभएको हो । उक्त स्मृतिमा विद्यालयका गतिविधि र शिक्षक तथा विद्यार्थीको संरचनालाई समेटिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका र स्थानीय समाजसेवीको सहकार्यमा निर्माण भएको सरस्वती मन्दिरको नगर प्रमुख सापकोटाको बाहुलीबाट उद्घाटन गरिएको थियो ।
शिक्षाका विभिन्न क्षेत्रमा योगदान पु¥याउने तथा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष धुर्व दङ्गाल, बिव्यास अध्यक्ष रामकृष्ण दङ्गाल, वडा नं ८ का अध्यक्ष अमृत दङ्गाल, समाजसेवी बुद्धिलाल श्रेष्ठ, फार्सकुमारी श्रेष्ठ, शारदा भुजेल, रामकृष्ण श्रेष्ठ, जमुना लगायतको उपस्थिति रहेको थियो । घरसैनीलगायत विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।
त्यसैगरी विद्यालयको वेबसाइटका निर्माता दिनेश गजुरेल, गत वर्ष कक्षा ८ मा प्रथम भएकी लक्ष्मी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । बिद्यालयको बार्षिक उत्सवको अबसर पारेर भुपु बिद्यार्थी २०५८ एस.एल.सी ब्याजले पुरस्कार तथा छात्रबृति प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बिद्यालय भवन, वातावरण र सहयोग मात्र राम्रो भएर हुँदैन बिद्यालयबाट राम्राराम्रा विद्यार्थिहरु उत्पादन हुनपर्छ यसका लागि विद्यालयले परिणाम राम्रो आउँने गरी काम गर्नपर्छ भन्नुभयो । उहाँले ज्ञान मन्दिर माबिमा यस्तो परिणाम राम्रो भए पनि अझै सन्तुष्ट हुने ठाउँ नभएको बताउँदै बिद्यालयबाट उत्पादन हुने बिद्यार्थिको परिणाम राम्रो आउन पर्ने बताउँनु भयो । नगर प्रमुख सापकोटाले आफुहरु भाषणमा भन्दा काममा बिश्वास राख्ने भएकाले काम गरेर देखाउँने बताउँनु भयो ।
सापकोटाले बिद्यालयमा निःशुल्क शिक्षा भनेर भाषण गर्नु भन्दा ब्यबहारमा लागु गरेर देखाउँन पर्ने बताउँदै आफुले निशुल्क शिक्षाको लागी व्यवस्था गरेको बताउँनु भयो । नगर प्रमुख सापकोटाले यसै बर्ष आबश्यकता अनुसार नगरका उच्च स्थानमा रहेका बिद्यालयहरुमा स्वच्छ खानेपानकिो लागि आबश्यक व्यवस्था मिलाइएको बताउँदै शिक्षा, स्वास्थ्य र कृषी उत्पादनका लागी नगरपालिकाबाट आबश्यक सहयोग गरिरहेको तर सहयोगका आधारमा परिणाम आउँन नसकेको हुँदा परिणाममुखी काम गर्नेका लागी नगरमालिकाबाट हुन सक्ने र गर्न सक्ने सहयोग गरिरहने बताउँनु भयो । बिद्यालयका प्रअ पुन्य गजुरेलले बिद्यार्थीको बार्षीक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने यज्ञ प्रसाद दंगालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बिद्यालयका बिद्यार्थीहरुको सांस्कृतिक कार्यक्रमले बिद्यालयको उत्सवलाई रमणीय बनाएको थियो ।
यस्तै कार्यक्रममा थापा इन्टरप्राइजेजका प्रोपाइटर भुपे्न्द्र बहादुर थापाले बिद्यार्थीलाई झोला र कपी उपलब्ध गराउँनु भएको थियो । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामकृष्ण दंगालको सभपतित्वमा भएको कार्यक्रमको बिशेष अतिथी सिता थापा लगाएत वडा अध्यक्षहरु अतिथि रहनुभएको थियो ।
उक्त विद्यालयमा १९३ छात्रा र २ सय ३२ पुरुष विद्यार्थी गरी ४२५ विद्यार्थी अध्ययनरत रहेका छन् ।