सम्पर्क

१० गते रङ्गशालामा सभापतीकप खेलको उद्धघाटन

माघ १० गतेदेखि दशरथ रङ्गशालामा हुने सभापति कप फुटबलको उद्घाटन खेलमा चर्च ब्वाइज र सङ्कटा क्लब भिड्ने भएका छन् ।नेपाली कांग्रेस ,नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समीतिको आयोजनामा समीतिले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा ब्वाइजको प्रतिद्वन्द्वी सङ्कटा बिच प्रतिस्पर्धा हुँदै खेलको उद्धघाटन गरिने भएको हो । जसमा आयोजक टिमको रूपमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) ले प्रतिस्पर्धा गर्नेछ । यस्तै अन्य टोलीमा मच्छिन्द्र, नेपाल पुलिस, एपिएफ, एनआरटी र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।माघ १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिकलाई २६ लाख र उपविजेतालाई १३ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशी हो ।यस्तै हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमलाई ५० हजार प्रदान गरिनेछ । प्रत्यके खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।प्रतियोगिता सम्पन्न गर्न एक करोड ४० लाख रुपियाँ लाग्ने कांग्रेस नेता एवं लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक सहयोग गर्नेछ । प्रतियोगिताको उद्घाटन उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र समापन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुने कार्यक्रम रहेको पत्रकार सम्मेलन गर्दै काँग्रेस सांसद एवं महाधिवेशन निर्देशन समितिका संयोजक मोहन बहादुर बस्नेतले जानकारी दिनु भयो र उँहाले नेपालमा खेल क्षेत्रको विकासका साथै खेलाडीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिनु भयो ।पछिल्लो समय नेपालले खेलकुदमा सफलता हासिल गरे पनि खेलाडी टिकाइ राख्ने वातावरण नभएको भन्दै यतातर्फ ध्यान दिन सबैलाई आग्रह गर्नु भयो । प्रतियोगिताको अनुमानित बजेट १ करोड ४० लाख रुपैयाँ रहेको जानकारी गराउँदै आगामी दिनमा नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तित्वहरूको नाउँमा देशव्यापी प्रतियोगिताहरू आयोजना गर्ने रसभापति कप हरेक २–२ वर्षमा आयोजना हुने जानकारी दिनु भयो ।