सम्पर्क

साङ्गीतिक प्रस्तुति दिन कतार पुगेकी दोहोरी गायिका सम्मानित

दर्शन सुनार /लोकप्रिय दैनिक, कतार
कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिन पुगेकी कलाकार सम्मानित हुनुभएको छ । मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड “माघ्या सकराटी“(मिनाम ल्हेस् ५०१८)– २०२५ को अवसर पारेर नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको बिविध साँस्कृतिक तथा बनभोज कार्यक्रमको लागी आफ्नो प्रस्तुति दिन कतार पुगेकी गायिका सम्झना लामिछाने मगर सम्मानित हुनुभएको हो । उहाँलाई नेपाल मगर संघ शाखा कतारले एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा बिदाई गरेको हो ।
आईतबार बेलुका नज्मा स्थित गोरखा रेष्टुरेन्टको सभाहलमा संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा अतिथी कलाकार सम्झना लामिछाने मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सम्मान तथा बिदाई कार्यक्रममा संघका अध्यक्ष रेशम आले मगर,आदिवासी जनजातीका अध्यक्ष डिएन मगर संघका पुर्व अध्यक्ष बिवेक पुलामी मगर,संघका सल्लाहकार लगायत अन्य ब्यक्तित्वहरुले दोसल्ला ओढाएर सम्मान पत्र र मायाको चिनो ग्रहण गर्दै सम्मान गरेका थिए ।
सम्मान ग्रहण पश्रांत शुभकामना मन्तव्य बोल्दै गायिका लामिछानेले बिगत लामो समय देखि नै आफू कतार आउने आफ्नो सपना थियो । त्यो माथी पहिलो पटक कतार जादाँ आफ्नै समुदायको कार्यक्रमको स्टेज चढ्ने रहर पनि थियो । जुन सपना रहर आज नेपाल मगर संघ शाखा कतारले पूरा गरिदिएको बताउदै आयोजकले आफुलाई दिएको साथ,कतारमा शुभ चिन्तक र दर्शकहरुको माया,सद्भाव सदैब मनमा राखिरहने वाचा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
संघका बिशिष्ट ब्यक्तिहरुले आगामी दिनमा थप सांगीतिक यात्राको सुखद शुभकामना समेत व्यक्त गर्नुभएको थियो । संघको मातहतमा रहेको साँस्कृतिक बिभाग, विभिन्न एरिया तथा समितिका पदाधिकारीहरुले मायाको कोशेली प्रदान गर्दै खुसी समेत साटेंका थिए । प्रथम उपाध्यक्ष देवी कुमारी मगरले स्वागत मन्तव्य राखेको सम्मान कार्यक्रमको सहजीकरण संघका महासचिव समीर थापा मगरले गर्नुभएको थियो । कार्यक्रमका सभापति आले मगरले आफ्नो शुभकामना मन्तव्य बोल्दै हामी मगर जातीको मुख्य राष्ट्रिय चाड माघ्या सकराटी कार्यक्रमको निम्तोलाई सहर्ष स्विकार गरेर कतार सम्म आएर कार्यक्रमलाई भब्यता साथ सप्पन्न गरिदिएकोमा अतिथि कलाकारलाई हार्दिक आभार व्यक्त गर्नुभयो । सोही हलमा पाल्पाली सेवा समाज कतारले समेत उहाँलाई सम्मान गरेको थियो । सम्झना लामिछाने मगर सोमबार बिहान मातृभुमी फर्किसकेका छन् ।