सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले १२ कक्षासम्म निःशुल्क गरेर निःशुल्क शिक्षा लागु गरेसँगै क्षमादेवी माविबाट छात्र बासको समेत व्यवस्था गर्न सुरु गरेको छ । बाह्रबिसे नगरपालिका वडा नं. ३ मा रहेको क्षमादेवी माध्यमिक विद्यालयमा बिद्यार्थीहरुलाई शिक्षा सिकाइमा सहजता गर्नका लागी छात्र बासको व्यवस्था गरेको हो ।
मङ्गलवार नगर प्रमुख बालकृष्ण बस्नेतले उक्त छात्र बासको एक समारोहका बिच उद्घाटन गर्नु भएपछि नगरपालिकाले निःशुल्क शिक्षासँगै बिद्यार्थीहरुलाइ छात्र बासको व्यवस्था गरेको हो । सुरुमा उक्त विद्यालयका कक्षा १० मा अध्ययन गर्ने ३० जना विद्यार्थी र २ जना शिक्षक २ जना शिक्षिका गरी ४ जना शिक्षकलाई बस्ने व्यवस्था मिलाइएको छ ।
यसरी ३० जना विद्यार्थीलाई ४ जना शिक्षकले विद्यालय समय भन्दा अघिपछि पनि विद्यार्थीलाई अध्यापन गराउने गरी शिक्षा सिकाइको व्यवस्था गरिएको छ । छात्र बासको उद्घाटन गर्दै नगर प्रमुख बालकृष्ण बस्नेतले बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा विकासका लागि सबैको सहयोग आवश्यक भएको बताउनु भयो । उहाँले भाषण गर्न र सामाजिक सञ्जालमा लेख्न मात्र जानेर शिक्षाको विकास हुँदैन यसको विकास गर्नका लागी उत्पादन मूलक शिक्षाको ब्यवस्थ गर्नु पर्छ । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी विद्यालयले विद्यार्थीको समस्याका बारेमा जानकारी लिन आवश्यक रहन्छ त्यसका लागी स्थानीय सरकाले पनि विद्यालयलाई आवश्यक सहयोग गर्नपर्छ, यो छात्र बासको व्यवस्थाले गुणस्तरीय शिक्षाका लागी ठुलो सहयोग पुग्ने बताउनु भयो ।
उहाँले नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिक्षा उवम विकास प्रेमी पुर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतको निर्देशनमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाबाट सुरु गरिएको कक्षा १२ सम्मको निःशुल्क शिक्षा, त्रिपुरा सुन्दरी गाउँपालिका, भोटेकोसी गाउँपालिका हुँदै देशैभरि लागु गराउन सुरुवात गरिएको अवस्थामा क्षमादेवी माविद्वारा छात्र बासको व्यवस्था गरिएको र यसले उपलब्धि हासिल गर्न साथ सबै विद्यालयमा लागु गरिने बताउनु भयो । बस्नेतले छात्र बासका लागी सहयोग गर्ने सहयोगीहरूलाई विशेष धन्यवाद दिँदै नगरपालिकाबाट शिक्षा क्षेत्रमा आवश्यकता र माग अनुसार बजेटको व्यवस्था गरेको नपुग भए व्यवस्था गर्ने तर शिक्षा सिकाइमा उपलब्धि हुन पर्नेमा जोड दिनुभयो ।
यसै गरी कार्यक्रमका विशेष अतिथि वडा नं. ३ का वडा अध्यक्ष जीवन कुमार भण्डारीले आफ्नो वडामा रहेको क्षमादेवी माविले नगरपालिकामा भएको राष्ट्रपतिरनिङ्ग प्रतियोगितामा लगातार तिन पटक जितेर शिल्ड आफ्नो बनाएकोमा खुसी व्यक्त गर्दै यो छात्र बासको व्यवस्थाले शिक्षा सिकाइमा देशमा नै उच्च स्थान हासिल गर्न सकोस् भन्ने आफूले चाहेको बताउनु भयो ।पहिलो भरणमा ३० जना विद्यार्थी र ४ जना शिक्षकलाई खानबस्न निःशुल्क गरिएको र अनिवार्य बस्न पर्ने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाश थापाले जानकारी दिनुभयो । २०६४ सालका एस.एल.सी व्याजका बिद्यार्थीहरुले होष्टल बेड २० जना क्षमता भएको १० बेड र २०६५ सालका एसएलसी व्याजका बिद्यार्थीहरुले २० जना क्षतमा भएको २० बेड गरी जम्मा ४० बेड रहेको र ४ वटा कोठा छचात्रबासका लागी प्रयोग गरिएको छ । छुटाछुटै भवनमा छात्रा र छात्रको लागी राखिएको छ भने बिहान ५ बजे देखी ९ बजे सम्म र बेलुका ५ बजे देखी १० बजेसम्म पढाइ हुने भएको छ । बिद्यार्थीहरुलाई खाना खुवाउने काम विद्यालयले गर्ने छ । विद्यार्थीले कुनै शुल्क तिर्न पर्दैन खान बस्न पढ्न निःशुल्क गरिएको छ । यस वर्ष कक्षा १० का बिद्यार्थीहरुलाई यो व्यवस्था लागु गरेको भएता पनि आगामी बर्सदेखि टाढाबाट आउने सबै बिद्यार्थीहरुलाई यो सुविधा उपलब्ध हुने छ