सम्पर्क

ब्रेकिङ न्युज २

बाह्रबिसेमा बोलेरो दुर्घटनामा १२ जना घाइते, दुईको अवस्था गम्भीर

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
कबीता श्रेष्ठ,सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको गोल्माथाङ मन्दिरभन्दा माथिल्लो मोडमा बोलेरो पल्टिँदा १२ यात्रु घाइते भएको समाचार प्राप्त भएको छ। ईलाका प्रहरी बाह्रबिसेका अनुसार बा १९ च ८३०४ नम्बरको बोलेरो मोडमा ठोक्किँदा यसमा सवार १२ स्थानीय यात्रु घाइते भएका हुन् । घाइतेहरुको बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने घाइतेमध्ये दुईको अवस्था गम्भीर भएकाले काठमाडौं रेफर गरिएको ईप्रका बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले बताउँनु भयो ।उँहाका ’ अनुसार घाइते अधिकाशंको टाउको र खुट्टामा गहिरो चोट लागेको छ । सोमबार बिहान दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी उद्धारमा जुटेका थिए । नजिकै बस्ती भएकाले दुर्घटनामा तत्काल उद्धार सम्भव भएको थियो दुर्घटना बलेरोको ब्रेक फेल भएका कारण भएको घाइतेहरुको भनाइ रहेको छ । बोलेरो चालकलाइ भने प्रहरीले नियन्त्रणका लिएको छ । &n...

नगर प्रमुख सापकोटाद्धारा चस्मा वितरण

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
फागुन २० गतेदेखी बैशाख १५ गते सम्ममा नगरका १ सय ५० जनालाई निःशुल्क चस्मा वितरण गरेको छ भने ८० जनाको आँखाको सल्यक्रिया गरिएको छ । गत फागुन २०, २१, र २२ गते तिन दिनसम्म चलेको निःशुल्क आँखा शिबीरमा नगरपालिकाका १४ वटै वडाका नागरिकहरु गरी जम्मा ७ सय २५ जनाले सेवा लिएका थिए । नगरपालिका स्वास्थ्य शाखाका प्रमुख शिव पुरीका अनुसार शिबिरमा सल्यक्रिया गर्न पर्ने आँखाका बिरामीहरुलाई नगरपालिकाबाटै सबै खर्च ब्याहोेरिएको र चस्मा नगरपालिकाबाटै बितरण गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले नगरका नागरिकहरु कुनै समस्यामा नपरुन र हरेक समस्याको समधानका लागी स्रोत र साधनले भ्याएसम्म समाधान गरेर नागरिकलाई सहयोग गरिने बताउँनु भयो । कार्यक्रममा नगर उप्रमुख सिता थापा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले चस्मा बितरण गर्दै नागरिकको स्वास्थ्यको लागी नगरपालिका लगाएतका आँखा...

पत्रकार कार्की माथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक भएको पत्रकार महासघले जनाएको छ । नेपाल पत्रकार महासघ जिल्ला शाखा काठमाण्डौ र केन्द्रले छुटाछुटै बिज्ञेप्ती निकालेर यस्तो जनाएको हो । काठमाण्डौ शाखाका सचिब रमेश कुमार बोहोराले बिज्ञेप्ती प्रकाशीत गर्दै प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार संकलनका क्रममा प्रहरीको पानी को फोहारा आखामा परेकोले आँखामा गम्भीर चोट लागेको भन्दै घटनाको निश्पक्ष छानबिन गरी दोषीलाइ कार्बही गरी उपभारको व्यवस्थ ागर्न माग गर्नू भएको छ । यसै गरी नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिब राम प्रसाद दाहालद्धारा जारी बिज्ञेप्तीमा आन्दोलनरत शिक्षक र प्रहरीबीच आज काठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएको जानकारी महासंघ...

वडा नं १० द्धारा घरघरमा भत्ता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१०ले घर घरमा टोलटोलमा गई तेस्रो किस्ता को सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम गरेको छ । वडा सचिब पुनम भण्डारीका अनुसार का अनुसार गर्मीका समयमा लामखुटेबाट बच्न जेष्ठ नागरिकलाई झुल वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ।     वडा अध्यक्ष निल बहादुर तामाङ सुमनको नेतृत्वमा सिन्धु बिकास बैङ्कका कर्मचारीहरु ले भत्ता बितरण गर्नुका साथै वडा कार्यलयले झुल बितरण गरेकोमा यसमा सहभागी सहयोगीहरुलाइ वडाअध्यक्ष तामाङले बिशेष धन्यबाद दिनु भएको छ । उँहाले कार्यक्रममा सहभागी भई साथ सहयोग गर्नुहुने सिन्धु विकास बैंक का कर्मचारी साथीहरू सुरक्षाकर्मी मित्रहरू र वडा कार्यालयका साथीहरू लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र साथै आगामी दिनहरुमा पनि तपाईहरुको साथ सहयोगको अपेक्षा गर्दछु भन्नु भयो । वडा अध्यक्ष तामाङ २०७९मा नेप...

युनिटी भ्वाइसका सम्पादक राम खड्का सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ। युनिटी भ्वाइसका सम्पादक रामचन्द्र खड्कालाई काठमाडौँमा आयोजित एक बिशेष कार्यक्रम बीच बिशेष नागरिक क्रिसयन सम्मान गरिएको छ। व्यावसायिक पत्रकारिताको माध्यमबाट सामाजिक जागरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै नागरिक क्रियसनले खड्कालाई सम्मान गरेको हो। विगत लामो समय देखी खड्का पत्रकारितामा पेसामा सक्रिय रहनु भएको छ । उहाँसँगै विभिन्न क्षेत्रमार्फत् समाजमा सकारात्मक परिवर्तनका लागि क्रियाशील समाजसेवी, व्यवसायी, पत्रकार तथा विभिन्न क्षेत्रका माध्यमबाट समाज परिवर्तनमा विशेष योगदान पुर्याइरहेका व्यक्तिहरूलाई सम्मान गरेको सस्थाका अध्यक्ष यमबहादुर जिसीले बताउँनु भयो । राजधानीको रास्ट्रिय नाचघर जमलमा भएको को उक्त कार्यक्रमको प्रमुख अतिथि माननीय रक्षामन्त्री मानवीर राई र अध्यक्ष यमबहादुर जिसीले संयुक्त रुपमा सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै मन्त्रि राइले नेपालको राष्ट्रिय पत्रकारिता ...

बागमती प्रदेशः डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशको विभिन्न जिल्लास्थित सामुदायिक वनमा बर्सेनि हुने वन डढेलोका कारण थुप्रै नवजङ्गल तथा बिरुवा विनाश हुने गरेका छन् । मानवीय लापर्वाहीका कारण हुने डढेलोबाट मानवीय क्षतिसँगै वनस्पति, जीवजन्तु र जैविक विविधतामा क्षति हुने गर्दछ । गत माघदेखि चैतसम्म बागमती प्रदेशका विभिन्न जिल्लामा डढेलोका कारण करिब नौ हजार ६०० भन्दा बढी हेक्टर वनमा क्षति पुगेको प्रदेशका वन निर्देशनालयका सूचना अधिकारी टेकनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलोबाट सबैभन्दा बढी चितवनमा चार हजार २२१ हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने सबैभन्दा कम दोलखामा २३ दशमलव ५५ हेक्टर क्षेत्रफलमा नोक्सानी भएको छ । रामेछापमा एक सय ५०, सिन्धुलीमा पाँच सय ९२, रसुवामा एक सय ६४ दशमलव एक, धादिङ्गमा दुई सय ९८, काभ्रेमा एक सय ८९ र नुवाकोटमा ६७ हेक्टर वन क्षेत्रमा क्षति भएको बागमती प्रदेश वन निर्देशनालयले जनाएको छ । ती ...
सामी कार्यक्रमको परिचयात्मक तथा अन्तर स्थानीय सरकार समन्वय बैठक सुकुटेमा

सामी कार्यक्रमको परिचयात्मक तथा अन्तर स्थानीय सरकार समन्वय बैठक सुकुटेमा

ब्रेकिङ न्युज २, समाचार
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको परिचयात्मक तथा अन्तर स्थानीय सरकार समन्वय बैठक सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटेमा सम्पन्न भएको छ । बिहिबार सुरक्षित आप्रवासन कार्यक्रमको चौंथो चरणको जानकारी प्रदान गरी सामी कार्यक्रम अन्तरगत हालसम्म सम्पन्न क्रियाकलाप तथा प्रगति र बैदेशिक रोजगारी ब्यवस्थापनको लागि संघ, प्रदेश र स्थानीय तहहरुको दायीत्व र भूमिकाबारे जानकारी गराउने उदेश्यले कार्यक्रम गरिएको हो । साथै सामी कार्यक्रम लागु हुन सिन्धुपाल्चोकका स्थानीय तहहरुमा कार्यक्रम विस्तार बारे कार्ययोजना निर्माण गर्ने उदेश्यले कार्यक्रम गरिएको सुरक्षित आप्रवासन सामी परियोजनाका जिल्ला संयोजक अरुण पौडेलले जानकारी दिनुभयो । उहाँले बैदेशिक रोजगारको मुख्य जग भनेकै स्थानिय सरकार हो स्थानीय सरकार जिम्मेवार भयो भने बैदेशिक रोजगारमा जानेको संख्यामा कमी आउने बताउनुभयो । सामी कार्यक्रम सञ्चालन ...

नवनियुक्त शिक्षामन्त्रीद्वारा पदबहाली

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शपथपछि उहाँले सिंहदरबार पुगेर पदबहाली गर्नुभएको हो । सो क्रममा उहाँले वार्ताका माध्यामबाट आन्दोलनरत शिक्षकको माग सम्बोधन गरिने बताउनुभयो । आफूले भर्खर मात्र मन्त्रालयको जिम्मेवारी लिएको जनाउँदै उहाँले शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्ने स्पष्ट पार्नुभयो। तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य पन्त शिक्षामन्त्रीमा नियुक्त हुनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो ।...

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

ब्रेकिङ न्युज २, राजनिती, समाचार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको हो । यसअघिका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही वैशाख ८ गते राजीनामा दिनुभएपछि पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त शिक्षामन्त्री पन्त नेकपा एमालेका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँ हाल प्रतिनिधिसभा राज्यव्यवस्था समितिको सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । उहाँको पद तथा गोपनीयताको सपथ बिहीबार हुने बताइएको छ ।...

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ९७ हजार ९०० सय पुग्यो

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा रू छ हजार ९००ले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ७० कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।...