सम्पर्क

सामी कार्यक्रमको परिचयात्मक तथा अन्तर स्थानीय सरकार समन्वय बैठक सुकुटेमा

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको परिचयात्मक तथा अन्तर स्थानीय सरकार समन्वय बैठक सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटेमा सम्पन्न भएको छ । बिहिबार सुरक्षित आप्रवासन कार्यक्रमको चौंथो चरणको जानकारी प्रदान गरी सामी कार्यक्रम अन्तरगत हालसम्म सम्पन्न क्रियाकलाप तथा प्रगति र बैदेशिक रोजगारी ब्यवस्थापनको लागि संघ, प्रदेश र स्थानीय तहहरुको दायीत्व र भूमिकाबारे जानकारी गराउने उदेश्यले कार्यक्रम गरिएको हो । साथै सामी कार्यक्रम लागु हुन सिन्धुपाल्चोकका स्थानीय तहहरुमा कार्यक्रम विस्तार बारे कार्ययोजना निर्माण गर्ने उदेश्यले कार्यक्रम गरिएको सुरक्षित आप्रवासन सामी परियोजनाका जिल्ला संयोजक अरुण पौडेलले जानकारी दिनुभयो । उहाँले बैदेशिक रोजगारको मुख्य जग भनेकै स्थानिय सरकार हो स्थानीय सरकार जिम्मेवार भयो भने बैदेशिक रोजगारमा जानेको संख्यामा कमी आउने बताउनुभयो । सामी कार्यक्रम सञ्चालन नगरेका पालिकाहरुलाई पनि उक्त कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर उप–प्रमुख सिता थापाले स्वागत र चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले समुद्घाटन गर्नु भएको कार्यक्रममा बागमती प्रदेशका व्यवस्थापक पुर्षाेतम अधिकारीले सामी कार्यक्रमको चौंथो चरणको बारेमा जानकारी दिनु भएको थियो ।

उहाँले तेस्रो चरणका गतिविधिहरु भिडियो मार्फत् प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले सामी कार्यक्रमले कर्मचारीको व्यवस्था गरेर बिदेस जान लागेको मानिसहरुलाई बिदेसमा गएर अलपत्र नपरुन भनेर काम गरिरहेकामा धन्यबाद दिदै सकेसम्म बिदेसिने होइन स्वदेशमा नै काम गर्न प्रोत्साहन दिन पर्ने बताउँनु भयो । त्रिपुरासुन्दरी गाँउपालिकाका अध्यक्ष भक्त ध्वज बोहोराले स्थानीय सरकारले स्थानीय स्तरमा नै रोजगारको व्यवस्था गर्ने धराणा सहित आफ्नो गाँउपालिकाले स्थानाीय खाद्यन्न, तरकारीहरुको खेती गर्न अनुदान दिएको र कृषकले उत्पादन गरेका सामाग्री पालिकाले खरिद गरिदिएर आय आर्जनमा सहयोग गरेर बिदेस जानबाट रोक्न खोजेको बताउँदै कक्षा १२ पास हुने बितिक्केै बिदेस जाने सोच हुने युवा युवतीहरुलाई रोक्न सबै पालिकाहरुले बिशेष कार्यक्रम मार्फत स्थानीय स्तरमा नै आय आर्जनको लागी योजना ल्याउँन पर्ने बताउँनु भयो । यसै गरी लिसखुंपाखर गाँउपालिकाका उप प्रमुख मिठू देबी लामाले आफ्नो पालिकामा सामीको कार्यक्रम पर्न नसकेकोमा दुख ब्यक्त गर्नु भयो । कार्यक्रममा सिन्धुपाल्चोक सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बिदेशिने क्रममा दलालहरुबाट ठगिएका विभिन्न घटनाहरु बढी रहेकोले सुरक्षित र लिगल प्रकृयाबाट मात्र विदेश जान गाउँगाउँमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो । बैदेशिक रोजगारीको सवालमा जिल्ला अधिकारीको भूमिका र सहकार्य आदि बारे प्रस्तुतीकरण राख्नु भएको थियो । जिल्लामा बैदेशिक रोजगारको वर्तमान अवस्था, आप्रावासी स्रोतकेन्द्र मार्फत सम्पादन भएका कार्यहरुको बारेमा जानकारी दिनुभएको ।

यस्तै बागमती प्रदेशका कार्यक्रम संयोजक उमा पौडेलले देशमा बैदेशिक रोजगारको अवस्था कस्तो छ भन्दा पनि जिल्लाको यो स्थानीय तहमा बैदेशिक रोजगारको अवस्था यस्तो छ भन्न सक्ने हुनुपर्ने बताउनुभयो ।
सिन्धुपाल्चोकमा चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र ईन्द्रावती गाउँपालिका गाउँपालिकामा सामी कार्यक्रम लागु भएको छ भने बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका, सुनकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा क्रमश कार्यक्रम गरिने बताईएको छ र बाँकी रहेको ३ वटा पालिकासँग पनि समन्वय गर्ने बताउनुभएको छ ।
कार्यक्रमको समापन गर्दै अध्यक्षता गरिरहनु भएको चौतारा साँगाचोकगढी नगरपालिकाको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बर्षौ विदेशमा पसिना बगाएर घरमा आउदा अर्कैले कमाएको रकम खाइदिएपछि मानिसहरु डिप्रेसनमा जाने, सम्बन्ध बिच्छेद गर्ने र केहीले आत्म हत्या समेत गर्ने गरेका घटनाहरु बढेको बताउनुभयो । यस्ता घटना न्युनीकरण गर्न सबै सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आगामी बर्षदेखी नगरपालिकाकाले यस सम्बन्धमा थप कर्मचारीको व्यवस्था गरेर बिदेसिने युवायुवतीहरुलाई दलाल मार्फत जानबाट रोक्न जनचेतना फैलाउँने योजना रहेको बताउँनु भयो । कार्यक्रममा जिल्लाको १२ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रशासकीय अधिकृत कर्मचारीहरुको सहभागीता रहेको कार्यक्रमको संचालन चौतारा साँगाचोकगढी नगरपालिका रोजगार संयोजक चिरन्जिवी कट्टेलको सञ्चालनमा सम्पन्न भएको थियो ।