वैशाख १२ भनिरहदा त्यो २०ं७२ को कालो दिनलाई सम्झेर झस्किन्छ । आज ठाक्कै १० वर्ष पुरा भएको छ । ९ वर्षको अवधि वितिसक्दा पनि त्यो कालो दिनको यादहरु भने अझै आलो नै छ । क्षणभरमै जेजे भयो, त्यसको आघात अझै ताजै छ । २०७२ साल आजकै दिन ८ हजार ७ सय ९२ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय ११ जना घाइते भएको थियो । २ हजार ६ सय ५६ घरहरू पूर्णरूपमा ध्वस्त भएको दिन हो आज । पश्चिम नेपाल गोरखाको बारपाक केन्द्रविन्दु बनाएर वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा आएको त्यो शक्तिशाली भूकम्पले करिब ७ लाख थप गरिबहरू थपिदिएको दिनलाई आम नेपालीले उज्यालो दिनको रूपमा मनाउन सक्दैनन् । आज भूकम्पको दश वर्ष बितेको छ । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो । काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने छ । ‘सुरक्षित पूर्वाधार निर्माण गराँै, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।
