सम्पर्क

ब्रेकिङ न्युज २

कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम चौतारामा सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिका–३ को आयोजनामा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति उपसभापति टंक बहादुर काकीको प्रमसख अतिथ्यतामा र नेपाली काँग्रेस बागमती प्रदेश क्षेत्र नं. २ पेदस क का सभापति केशवराज गिरीको विशेष आतिथ्यतामा जिल्लाको सदरमुकाम स्थित पार्टी कार्यालयमा सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला कार्यसमिति उपसभापति टंक बहादुर कार्कीले कांग्रेसले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्ने बेला आएको बताउनुभयो ।उहाँले एकले अर्कोलाई दोषारोपण गर्न भन्दा एक आपसको कमी कमजोरी महसुस गरी एकबद्ध भएर हिडन् पर्ने उनले बताउनुभयो । विषेश अतिथि नेपाली काँग्रेस बागमती प्रदेश क्षेत्र नं. २ क का सभापति केशवराज गिरीले संगठनलाई सुदृढ बनाउन पार्टीका हरेक तहबाट सक्रियरूपमा लाग्न नेता तथा कार्यकर्तालाई आग...

त्रिदेव र सदिक्षा, देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट सम्मानित

ब्रेकिङ न्युज २, समाचार
जनहितमा उल्लेख्य र अनुकरणीय कार्य गरी नेपाल र नेपालीको पहिचानको अभिवृद्धिमा तल्लिन व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले स्थापित रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा आयोजित पुरस्कार सम्मान समर्पण कार्यक्रममा त्रिदेव पौडेल र सदिक्षा पण्डितलाई देवी ओली स्मृति बाल पुरस्कारबाट सम्मान गरेको छ । गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लु.एच.आर.) र अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट बिनु सुेवदीलाई सम्मान गरेको छ । प्रत्येक पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान पत्र रहेको थियो । कार्यक्रममा डब्लु.एच.आर.की संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगकी माननीय सदस्य लिली थापाले म...

प्रेस स्वतन्त्रता दिवशमा काठमाण्डौ शाखाद्धारा प्रभातफेरी

ब्रेकिङ न्युज २, विचार, समाचार
  ३२ औ अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवश नेपाल नेपाल पत्रकार महासंघको आयोजना तथा जिल्ला शाखा काठमाण्डौका संयोजनमा रत्नपार्कबाट प्रभात फेरी गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख अतिथ्यतामा र जिल्ला शाखा काठमाण्डोैका अध्यक्ष शोभा अर्यालको सभापतीत्वमा रत्नपार्कबाट प्रभात फेरी गरी भृकुटी मण्डपमा रहेको जिल्ला शाखाको कार्यलयमा पुगेर कोण सभामा परिणत गरी मनाइएको छ । कोण सभामा आफ्नो धरणा राख्दै केन्द्रय अध्यक्ष शर्माले बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना२०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेको बताउँन्ु भयो । उँहाले चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, सञ्चारमाध्यममाथि आगजनी र आक्रमण, शिक्षक आन्दोलनमा समाचार सङ्कलनका क्रममा पत्रकार...

सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो बनाइने

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
काठमाडौँ, १९ वैशाखः सरकारले तीन तहका सरकारबीच समन्वय र सहकार्यमा सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो वातावरणमैत्री बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्था सुधार गर्ने उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “सवारी दुर्घटना न्यूनीकरण गर्न यात्रुलक्षित सचेतना कार्यक्रम गर्ने तथा सवारी चालकको क्षमता विकास गरी जिम्मेवारी बनाइनेछ ।” रणनीतिक र व्यापारिक महत्वका सडकखण्डको क्रमशः निर्माण र स्तरोन्नति गर्दै रुग्ण पुल तथा आयोजनाको निर्माण द्रुतगतिमा अगाडि बढाउने सरकारको योजना छ । सरकारले वैदेशिक सहायतामा सञ्चालन हुने सबै परियोजनाहरुको शीघ्र कार्यान्वयन गर्ने समेत घोषणा गरेको छ । सरकारले राष्ट्रिय राजमार्गमा ...

विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको नौ बुँदे सहमतिमाथि असन्तुष्ट व्यक्त गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले नेपाल शिक्षक महासङ्घ र सरकारबीच भएको नौबुँदे सहमतिमा आफ्नो माग पूरा नभएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले सातबुँदे माग राखी यही वैशाख २१ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको छ । शिक्षक र कर्मचारीबीच विभेद अन्त्य गर्नुपर्ने, हालसम्म भएका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित गर्नुुपर्ने, तलबमान कायम गर्नुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने, तोकिएको समयमा शिक्षा ऐन जारी गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने माग रहेका छन् । पत्रकार सम्मेलनमा बब्बन मिश्राको सं...

‘आईसीटी डे’ को अवसरमा क्यान सिन्धुपाल्चोकले गर्‍यो साईबर सेक्युरिटी सम्बन्धी अन्तरक्रिया

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आईसीटी डे’ को अवसरमा कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान) सिन्धुपाल्चोक शाखाले साईबर सेक्युरिटी सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” भन्ने नाराका साथ नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित उक्त कार्यक्रममा साइबर सुरक्षाबारे विस्तृत छलफल गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रविधिको पहुँच बढ्दै गएको सन्दर्भमा यसको सुरक्षित प्रयोग गर्न नसकेको अवस्था गम्भीर चुनौतीको रूपमा रहेको उल्लेख गर्नुभयो । मोबाइलजस्ता प्रविधि साधनमार्फत दैनिक जीवनका अधिकांश कामहरू सहज रूपमा गर्न सकिने भएपनि प्रयोगकर्ताहरूले सुरक्षा मापदण्डलाई बेवास्ता गर्ने प्रवृत्तिले साइबर अपराधमा वृद्धि भईरहेको उहाँले बताउनुभयो । साइबर अपराधका विविध पक्षलाई उजागर गर्दै जिल्ला प्रहरी कार्यालयका प...

वैशाख ३१ गते छुट खोप लगाउन आग्रह

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते छुट खोप लगाउन आग्रह गर्नु भएको छ । मन्त्री पौडेलले भिडियो सन्देश जारी गर्नुहुँदै नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई वैशाख ३१ गते नजिकैको स्वास्थ्य संस्थामा लगेर छुट खोप लगाउन अभिभावकलाई अनुरोध गर्नुभएको हो । हरेक वर्ष वैशाख महिनाको दोस्रो हप्ता (अप्रिल महिनाको अन्तिम हप्तालाई) विश्वभर खोप सप्ताहको रूपमा मनाइन्छ । तर नेपालमा वैशाख महिनालाई नै खोप महिनाको रूपमा मनाउने गरिन्छ । खोप महिनालाई सफल बनाउन तथा आवश्यक सहजीकरण गरिदिनु हुन सबै प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, पत्रकार, समाजसेवी र अन्य सरोकारवालाहरू मन्त्री पौडेलको अनुरोध छ । बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै खोपको पूर्णमात्रा पाएको सुनिश्चत गरी सबै जिल्ल...

आज श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदै

ब्रेकिङ न्युज २, समाचार
आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो ...

भन्सार विधेयक बहुमतले पारित

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ  प्रतिनिधिसभाको आजको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा सांसद प्रभु साहले प्रस्तुत विधेयकमा भएको व्यवस्थाले सीमा क्षेत्रको जनतालाई दुःख दिने बताउनुभयो । अवैध रुपमा चोरी पैठारी भएका सामान समाउने नाममा व्यक्तिको निजी सम्पत्ति जफत गर्ने व्यवस्था विधेयकमा राख्न नहुने सांसद साहको धारणा थियो । सांसद हेमराज राईले छिमेकी मुलुकसँगको खुला सीमानाका कारण भन्सार प्रशासनका कामको प्रभावकारिता कमजोर भएको बताउनुभयो । पर्याप्त जाँच उपकरणहरु राख्नुपर्ने र सीमा क्षेत्रमा सुरक्षाकर्मीको गस्ती बढाउने कुरामा पनि उहाँले जोड दिनुभयो । सांसद गङ्गा कार्कीले व्यापार व्यवसाय गर्नेलाई परेका समस्या समाधान गर्न विध...

‘द बेटर ड्राइभ इनिसिएटिभ’ कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले चालक साझेदारहरूको सशक्तीकरण र सामुदायिक संलग्नतालाई मजबुत बनाउन ‘द बेटर ड्राइभ इनिसिएटिभ – मनी, माइन्ड, म्यानर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा आर्थिक साक्षरता, मानसिक स्वास्थ्य, शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्वजस्ता विषयमा ज्ञान र सीप प्रदान गरिएको थियो । यस पहलको उद्देश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माण गर्न चालकहरूलाई आवश्यक मनोबल र सीप विकास गर्नु रहेको इनड्राइभले जनाएको छ । सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षाका सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन र उत्कृष्ट ग्राहक सेवा सम्बन्धी प्रशिक्षण दिइएको थियो । ट्राफिक प्रहरीका प्रतिनिधिहरूद्वारा सञ्चालित सत्रमा सडक सुरक्षा र नियम पालना सम्बन्धी जानकारी प्रदान गरिएको थियो । आर्थिक साक्षरताका लागि आईएमईका चिफ ग्रोथ अफिसर संजीव...