३२ औ अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवश नेपाल नेपाल पत्रकार महासंघको आयोजना तथा जिल्ला शाखा काठमाण्डौका संयोजनमा रत्नपार्कबाट प्रभात फेरी गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख अतिथ्यतामा र जिल्ला शाखा काठमाण्डोैका अध्यक्ष शोभा अर्यालको सभापतीत्वमा रत्नपार्कबाट प्रभात फेरी गरी भृकुटी मण्डपमा रहेको जिल्ला शाखाको कार्यलयमा पुगेर कोण सभामा परिणत गरी मनाइएको छ ।
कोण सभामा आफ्नो धरणा राख्दै केन्द्रय अध्यक्ष शर्माले बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना२०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेको बताउँन्ु भयो । उँहाले चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, सञ्चारमाध्यममाथि आगजनी र आक्रमण, शिक्षक आन्दोलनमा समाचार सङ्कलनका क्रममा पत्रकार सविना कार्कीमाथि भएको ज्यादती, घरानका पत्रकार गोपाल दाहालमाथि स्थानीय सरकारको प्रमुखबाटै भएको भौतिक आक्रमणको धम्की तथा मानसिक यातनाको घटनाका कारण विस्थापित हुनुपरेको जस्ता घटनामा खेद प्रकट गर्नु भएको छ
