सम्पर्क

कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम चौतारामा सम्पन्न

नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिका–३ को आयोजनामा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति उपसभापति टंक बहादुर काकीको प्रमसख अतिथ्यतामा र नेपाली काँग्रेस बागमती प्रदेश क्षेत्र नं. २ पेदस क का सभापति केशवराज गिरीको विशेष आतिथ्यतामा जिल्लाको सदरमुकाम स्थित पार्टी कार्यालयमा सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला कार्यसमिति उपसभापति टंक बहादुर कार्कीले कांग्रेसले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्ने बेला आएको बताउनुभयो ।उहाँले एकले अर्कोलाई दोषारोपण गर्न भन्दा एक आपसको कमी कमजोरी महसुस गरी एकबद्ध भएर हिडन् पर्ने उनले बताउनुभयो ।
विषेश अतिथि नेपाली काँग्रेस बागमती प्रदेश क्षेत्र नं. २ क का सभापति केशवराज गिरीले संगठनलाई सुदृढ बनाउन पार्टीका हरेक तहबाट सक्रियरूपमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । नेपाली काँग्रेस २ नं. क्षेत्रीय कोषाध्यक्ष तथा भुपु सैनिक संघका केन्द्रिय कार्यसमिति कोषाध्यक्ष भुपेन्द्र थापाले पार्टीलाई सुदृढ र एकजुट बनाउन सबै सदस्यहरूले सामूहिक रूपमा क्रियाशील हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । यसैगरि नेपाल शिक्षक संघका केन्द्रिय कार्यसमिति सदस्य तुलसी प्रसाद दंगाल, चौतारा साँगाचाकगढी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष तथा आदिवासी जनजाती महासंघका जिल्ला सचिव विमल श्रेष्ठ लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिका ३ का सभापति गगन थापको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।