सम्पर्क

ब्रेकिङ न्युज २

सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ब्रेकिङ न्युज २, समाचार
नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका कारण त्रिशूली नदीको उच्च वहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए । अहिले दुवै जनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ । रासस...
बाह्रविसे नगरपालिकाद्धारा एसईई ग्रेडेडलाई बधाई

बाह्रविसे नगरपालिकाद्धारा एसईई ग्रेडेडलाई बधाई

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिकाले एसईई–२०८१ मा ग्रेडेड अर्थात उत्तिर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । यस वर्षको एसइई परिक्षा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको हो । आइतबार बाह्रबिसे नगरपालिकाको उप–प्रमुख मन्जु तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै एसइई परिक्षामा सफल विद्यार्थीहरुलाई शब्दद्धारा स्वागत मन्तव्य राख्नु हुदै विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूमा थप हौसला तथा प्रेरणा जगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा नगर प्रमुख बालकृष्ण बस्नेतले संघर्षले व्यक्तिलाई सफल बनाउछ भन्दै सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त व्यक्त गर्दै असफल विद्यार्थीहरुहरू हतोत्साहित नहुन अनुरोध गर्नुभयो । नगर प्रमुख बस्नेतले नगरपालिकाका सबै बिद्यार्थीहरुलाई निःशुल्क शिक...
नेपाली नियोगका प्रथम सचिव कृशु क्षेत्रीलाई कतारमा सम्मान सहित बिदाइ 

नेपाली नियोगका प्रथम सचिव कृशु क्षेत्रीलाई कतारमा सम्मान सहित बिदाइ 

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार  नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई सम्मान तथा बिदाइ कार्यक्रम गरिएको छ । कतारको नेपाली राजदूतावासमा कार्यरत सचिव दुई वर्ष ४ महिना आफ्नो कार्यकाल सकेर मातृभूमि फर्कन लागेको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार र कतारमा स्थापित ५६ ओटा संघ संस्थाको संयुक्त रूपमा “सम्मान तथा बिदाइ“ कार्यक्रम सम्पन्न गरिएको हो । एनसिसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यमा शुक्रवार गोर्खाली रेस्टुरेन्टको सभा हलमा सम्पूर्ण आयोजक सङ्घ संस्थाहरूले दोसल्ला ओढाएर, सम्मान पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो । सम्मान ग्रहण पश्रांत सुवेदीले आफ्नो मन्तव्य बोल्दै, साढे दुई वर्ष कतार बसाईमा कतारमा स्थापित विभिन्न संघ संस्था नेपाली समाजको एकता र कतारमा रहेका नेपालीहरूको हक हित र समुन्नति ...
जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, साहित्य
गण्डकी, २१ असारः यस वर्ष जनैपूर्णिमा साउनको २४ गते परेको छ । जनैपूर्णिमा आउन एक महिनाभन्दा बढी समय बाँकी नै रहँदा पोखरा महानगरपालिका वडा नं ३२ का ८० वर्षीय कृष्णप्रसाद अधिकारीसहित यहाँका चार जना ज्येष्ठ नागरिकलाई भने यतिखेर जनै बनाउन भ्याइनभ्याइ छ । जनै बनाउने सीप पछिल्ला पुस्तामा पुस्तान्तरण नभएको चिन्ता गर्ने ८० वर्षीय कृष्णप्रसादसहित यहाँका ७० वर्षीय गुरुप्रसाद पौडेल, ६९ वर्षीय गोविन्द कोइराला र ६७ वर्षीय कृष्णराज अधिकारी दिउँसो एकै स्थानमा बसेर नियमपूर्वक जनै बनाउनमा व्यस्त हुनुहुन्छ । नियमपूर्वक बाटिएका जनै जनैपूर्णिमाको दिन विधिपूर्वक संस्कार गरेपछि मात्रै लगाउने प्रचलन छ । उहाँहरूले जनै बनाउनका लागि दिउँसो जम्मा हुने ठाउँ पोखरा महानगरपालिका वडा नं ३२ स्कुलटोलस्थित पुरानो गाउँको चौतारो हो । चौतारामा जनै बनाउन व्यस्त देखिने उहाँहरूबाट जनै बनाउन सिक्नका लागि फाट्टफुट्ट अरु पनि आउने गरे...
मेलम्ची नगरपालिका -१२  अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा घोषणा

मेलम्ची नगरपालिका -१२ अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा घोषणा

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका- १२, बाँसबारीमा वडा शिक्षा समितिको आयोजना तथा जालपादेवी मावि बाहुनीपाटी को समन्वयमा वडालाई ‘अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा’ घोषणा गरिएको छ । उक्त कार्यक्रम मेलम्ची नगरपालिका -१२ बाँसबारीका वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक गणेश बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र बुद्धिजीवीहरूको सहभागिता रहेको थियो । ४ देखि १३ वर्षसम्मका बालबालिकाको घर–घरमा पुगेर तथ्यांक संकलन गर्दा विद्यालय बाहिर रहेका सबै बालबालिका विद्यालयको पहुँचमा ल्याउने कार्य सम्पन्न गरिएको थियो। साथै ४ देखि १३ बर्ष उमेर समुहका विद्यालय आउन बाँकि कोहि छुटेका बालबालिका भए उनिहरुलाई समेत अनिवार्य शिक्षामा समेट्ने प्रतिवद्धता सहित कार्यक्रम सम्पन्न गरिएको थियो।...
डडुवा भवानी शंकरमा स्वास्थ्य  सचेतना कार्यक्रम सम्पन्न

डडुवा भवानी शंकरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको श्री डडुवा भवानी शंकर माध्यमिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै स्वास्थ्य सेचतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । बुधबार वडा नं. १४ को आर्थिक सहयोग तथा नेत्रज्योती मिडिया हाउसको आयोजनामा स्वास्थ्य तथा सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा नं. १४ का वडा अध्यक्ष उद्धव नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य स्वस्थ रहन यस किसिमको सचेतनामूलक कार्यक्रम विद्यालयमा रहेको विद्यार्थीहरूमा महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले वडा नं. १४ मा रहेको सम्पूर्ण विद्यार्थी तथा अभिभावक वर्गमा स्वास्थ्य सम्बन्धी कार्यक्रम आवश्यक रहेको बताउनु भयो । उहाँले सबै बालबालिकाको स्वास्थ्य अवस्था स्वस्थ राख्न र खानपानमा ध्यान दिन समेत विद्यार्थीहरूमा आग्रह गर्नुभयो । कार्यक्रम डडुवामा स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी दिपिक...

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६–२८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने आज निर्णय गरिएको कांग्रेसले जनाएको छ । साथै तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाइने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीकोतर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ । त्यसैगरी, तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू गरिएको ८० घण्टे आमरण अनशन उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाबाट आजै तोडिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार १६ देखि जारी छ । सभापत...
सिन्धुपाल्चोकका आयल स्टोरमा अनुगमन

सिन्धुपाल्चोकका आयल स्टोरमा अनुगमन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकका विभिन्न स्थानमा सञ्चालित आयल स्टोरहरूले उपभोक्तालाई तेलमा अनियमितता गरेको गुनासो बढेपछि बुधबार सरकारी संयन्त्रले अनुगमन गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरका निरीक्षक दीपेन्द्र रोकाहा, प्रमुख जिल्ला अधिकारी किरण थापा, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुवास कार्की, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेल लगायतका सरकारी अधिकारीले आयल स्टोरहरूमा अनुगमन गरेका हुन् । चौतारा साँगचोकगढी नगरपालिका–१०, सुकुटेस्थित आयल स्टोरमा अनुगमन टोलीले आयल स्टोरको मापदण्ड, मातहत कार्यालयमा दर्ता, नवीकरण, मापन यन्त्र, लगायत उपकरणको अनुगमन गरेको गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरका निरीक्षक रोकाहाले जानकारी दिनुभयो । साथै दर्ता, नवीकरण लगायतका कागजातहरू सर्वसाधारण सबैले देख्न स्थानमा राख्न नि...
३ दिने स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यक्रम सूरु

३ दिने स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यक्रम सूरु

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिकाको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मती प्रदेशको आर्थिक सहयोगमा ३ दिने स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यक्रम मेलम्ची नगर पालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सुरु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी उमा प्रधानले भुकम्प तथ जलबायुको हिसाबले विपदमा धेरै माथी छ त्यसैले यसलाई हामिले मुख्य एजेन्डाको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले विपद हामिलाई थाहा दिएर न आउने भन्दै सबै सतर्कता अपनाएर बस्न आग्रह गर्नुभयो । उहाँले स्वयंसेवक बनेर आफ्नो नगर गाउँ बस्ती मा परेको विपदलाई प्रतिकार गर्न तयार भएर यो दिनको तालिम किन आउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यो तीन दिनको समयलाई भरपुर सदुपयोग गरि यो कार्यक्रम लाई सफल बनाउनुहुने बिश्वास व्यक्त गर्नुभयो । मेलम्ची नगरपालिका वडा नम्बर १,२,३,४ र ५ का गरि २० जना भन्दा बढी युवा हरुलाई ससस्त्र प्रहरी ग...

६ महिनामा ३७ वटा मानव अधिकार उल्लङ्घनका घटना

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सन् २०२५ सुरु भएदेखि ६ महिनाको अवधिमा जिल्लामा मानव अधिकार उल्लङ्घनका ३७ वटा घटना भएका छन् । जस घटनामा दुई हत्या, दुई ज्यानमार्ने उद्योग, दुई बालअधिकारभित्र सामुहिक बलात्कार, आठ बलात्कार, दुई बालयौन दुव्र्यवहार रहेका छन् भने महिला अधिकारकाभित्रका बलात्कार चार, बलात्कार प्रयास एक, तोडफोड एक र घरेलुहिंसा १५ रहेका छन् । ३२ महिला र ४ पुरूषगरी ३६ जना नागारिक घटनाबाट पीडित बनेका छन् भने ४५ जना आरोपित रहेको इन्सेक सिन्धुपाल्चोकका प्रतिनिधि नातिबाबु धितालले जानकारी दिनुभयो । कार्यक्रममा उहाँले मानव अधिकार जनताको अवधारणा रहेको बताउनु भयो । कुनै ठाउँमा घटना घट्नु साथ तत्काल प्रहरीलाई जानकारी यथ...