सम्पर्क

नेपाली नियोगका प्रथम सचिव कृशु क्षेत्रीलाई कतारमा सम्मान सहित बिदाइ 

दर्शन सुनार/लोकप्रिय दैनिक, कतार 
नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई सम्मान तथा बिदाइ कार्यक्रम गरिएको छ । कतारको नेपाली राजदूतावासमा कार्यरत सचिव दुई वर्ष ४ महिना आफ्नो कार्यकाल सकेर मातृभूमि फर्कन लागेको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार र कतारमा स्थापित ५६ ओटा संघ संस्थाको संयुक्त रूपमा “सम्मान तथा बिदाइ“ कार्यक्रम सम्पन्न गरिएको हो ।
एनसिसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यमा शुक्रवार गोर्खाली रेस्टुरेन्टको सभा हलमा सम्पूर्ण आयोजक सङ्घ संस्थाहरूले दोसल्ला ओढाएर, सम्मान पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो ।
सम्मान ग्रहण पश्रांत सुवेदीले आफ्नो मन्तव्य बोल्दै, साढे दुई वर्ष कतार बसाईमा कतारमा स्थापित विभिन्न संघ संस्था नेपाली समाजको एकता र कतारमा रहेका नेपालीहरूको हक हित र समुन्नति तथा  कतारको तत्कालीन अवस्थाको बारेमा  लगायत अन्य धेरै कुराहरूमा आफ्ना अनुभव सुनाउँदै करिब एक घण्टा सम्बोधन गर्नु भएको थियो ।
कतारका लागी नेपाली श्रमिकहरूको हक हित, अधिकार, आशा भरोसा र विश्वास बोकेको एनसिसी कतार फुट्नुको कारण राजनीति र जुंगाँको लडाईको रहेको दाबी गर्नुभयो । कतारमा रहेका हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको भरोसा पक्कै टुट्ने छ यो लडाई बन्द गर्नु पर्छ भन्ने चेतावनी समेत दिनुभयो ।
सुवेदीले कतार बसाइँलाई छोडेर जाँदा जाँदै एनआरएनए  एनसिसी कतार फुटेर हैन जुटेर गयो भन्ने समाचार आफूले सुन्न पाउने आशा र अभिलाषा बोकेर आफू फर्किन लागेको बताउँदै कतारले दिएको यो माया,यो दर्बिलो सम्मान, माया र स्नेह जिवन्तकाल सम्झिरहने समेत बताउनु भयो ।
सभापति भट्टले सम्मान तथा बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा नेपाली समाजको निमित्त सुवेदीले  दरिलो खम्बा बनेर नेपाली समाजका लागी धेरै राम्रा काम र अत्यन्तै नजिकबाट सहयोग गरेको बताउनु भयो । कतारमा रहेका श्रमिकहरूको हक र हितका लागी कतारमा रहेका नेपालीहरूको आशा भरोसाको केन्द्र बनेको एनसिसी कतारले सदैव श्रमिककै पक्षमा काम गर्दै आइरहेको र स्वयम् आफूले पनि खटेर काम गर्दा गर्दै पनि एनसिसी कतार फुटाउन एनसिसीकै कार्यसमितिका केही साथीहरू लागि परेको बताउनु भयो ।
उहाँले आफ्नो कार्यकालमा कर्णाली प्रदेश मधेस प्रदेश ,आदिवासी जनजाति समेत टुक्रिएको थियो, हामीले लामो समय सम्म अथक प्रयास गरेर दुई चिरा परेको समाजलाई एकतामा बाध्यौ । तर अहिले आफूले नेतृत्व गरेको एनसिसी कतार फुट्ने सम्भावना देखिएकोले चिन्ता व्यक्त गर्दै कतारको समाजलाई एक बनाएर जानुपर्छ । समाज मिलाउनु पर्छ टुटिनु हुँदैन फुट्नु हुँदैन भन्ने आफ्नो धारणा राख्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
सम्पूर्ण आयोजक संघ संस्थाहरूको तर्फबाट नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण महासचिव रबिन मगरले गर्नु भएको थियो ।