सम्पर्क

चर्चित गायिका शान्ता रानी परियारले गाएको तिज गीत ‘कोई चाहियो’ सार्वजनिक

दर्शन सुनार/ लोकप्रिय दैनिक

चर्चित लोक तथा दोहोरी गायिका शान्ता रानी परियारले गाएको तिज गीत कोही चाहियो सार्वजनिक भएको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तिज नजिकिँदै गर्दा विभिन्न खालका गीत सङ्गीतहरू विश्व साङ्गीतिक बजारमा सुन्न अनि हेर्न पाइन्छ । बजारमा सार्वजनिक भएका गीतहरू मध्य कुनै गीत अपेक्षित दर्शक नपाएर गुमनाम नै हुन्छन् भने कुनैले केही घण्टामै लाखौँ दर्शक पाउने गरेका छन् । यसै सन्दर्भमा यति बेला विश्व साङ्गीतिक बजारमा चर्चित लोक तथा दोहोरी गायिका शान्ता रानी परियारले गाएको तिजकै सेरोफेरोलाई समेटेर तयार पारिएको गीत ‘कोई चाहियो’ ले भने उत्साह जनक दर्शक पाएको छ ।

प्रमोद भुसालको शब्द सङ्गीतलाई कृष्ण बाजुरालीले सङ्गीत समायोजन गर्नुभएको हो । उक्त गीतलाई द म्युजिक इरामा कृष्ण बाजुराली आफैले रेकर्ड, मिक्सिङ, मास्टरिङ पनि गर्नुभएको छ । बाबा इन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत बिहीबार साँझ सार्वजनिक भएको गीतको भिडियोमा निर्देशक प्रविन थापाले चर्चित मोडल सञ्चिता बुलाखे र मोडेल प्रदीप भुसाललाई दमदार नृत्य सङ्गै उत्कृष्ट अभिनय गराएका छन् ।

गीतमा देखिएका आकर्षक दृश्यहरू राजेश घिमिरेले छायाङ्कन र अहिलेका व्यस्त भिडियो सम्पादक अमृत चापागाईँले कलर तथा सम्पादन गर्नुभएको छ । भिडियोमा हुर्किँदै गरेकी एउटी जवान केटीले तिजमा व्रत बसेर भगवान् शिवको आराधना गरे आफूले सोचेजस्तो जीवनसाथी पाइन्छ भन्ने प्राचीन विश्वासलाई निकै कलात्मक रूपमा सङ्गीतको शब्द जालमा बुनेर आधुनिक शैलीमा उतार्न खोजिएको छ भने गीतले सार्वजनिक भएको छोटो समयमै युट्युब, टिकटक, इस्ट ग्राम, फेसबुक रिल लगायतका सामाजिक सञ्जालहरूमा हेर्ने हेर्ने दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।
( पत्रकार प्रकाश दर्नालको सहयोगमा)