सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको श्री डडुवा भवानी शंकर माध्यमिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै स्वास्थ्य सेचतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । बुधबार वडा नं. १४ को आर्थिक सहयोग तथा नेत्रज्योती मिडिया हाउसको आयोजनामा स्वास्थ्य तथा सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा नं. १४ का वडा अध्यक्ष उद्धव नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य स्वस्थ रहन यस किसिमको सचेतनामूलक कार्यक्रम विद्यालयमा रहेको विद्यार्थीहरूमा महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले वडा नं. १४ मा रहेको सम्पूर्ण विद्यार्थी तथा अभिभावक वर्गमा स्वास्थ्य सम्बन्धी कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।
उहाँले सबै बालबालिकाको स्वास्थ्य अवस्था स्वस्थ राख्न र खानपानमा ध्यान दिन समेत विद्यार्थीहरूमा आग्रह गर्नुभयो । कार्यक्रम डडुवामा स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी दिपिका पण्डित, स्वस्तिका बस्नेत र स्वास्थ्य केन्द्रका इन्चार्ज अर्मत लाल तामाङको उपस्थिति रहेको थियो । कार्यक्रममा झाडापखाला, मलेरीया र सन्तुलित भोजन सम्बन्धीत शीर्षकमा जानकारी गराइएको थियो ।
कार्यक्रममा झाडापखाला र जलवियोजनबारे स्वास्थ्यकर्मी दिपिका पण्डितले जानकारी गराउनुका साथै सन्तुलित भोजन सम्बन्धी जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरूलाई खानाको स्वच्छतामा विशेष ध्यान दिन आग्रह गर्दै जलवियोजन हुनबाट सचेत रहनु अनुरोध गर्दै विद्यार्थीहरूलाई कार्यक्रमको महत्वबारे बताउनु भयो । बर्खायाममा लाग्ने मलेरिया रोगबाट बच्न समेत सचेतनामूलक जानकारी प्रदान गरेको थियो ।
