सम्पर्क

मेलम्ची नगरपालिका -१२ अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा घोषणा

 

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका- १२, बाँसबारीमा वडा शिक्षा समितिको आयोजना तथा जालपादेवी मावि बाहुनीपाटी को समन्वयमा वडालाई ‘अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा’ घोषणा गरिएको छ ।
उक्त कार्यक्रम मेलम्ची नगरपालिका -१२ बाँसबारीका वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक गणेश बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।
४ देखि १३ वर्षसम्मका बालबालिकाको घर–घरमा पुगेर तथ्यांक संकलन गर्दा विद्यालय बाहिर रहेका सबै बालबालिका विद्यालयको पहुँचमा ल्याउने कार्य सम्पन्न गरिएको थियो। साथै ४ देखि १३ बर्ष उमेर समुहका विद्यालय आउन बाँकि कोहि छुटेका बालबालिका भए उनिहरुलाई समेत अनिवार्य शिक्षामा समेट्ने प्रतिवद्धता सहित कार्यक्रम सम्पन्न गरिएको थियो।