सम्पर्क

बाह्रविसे नगरपालिकाद्धारा एसईई ग्रेडेडलाई बधाई

सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिकाले एसईई–२०८१ मा ग्रेडेड अर्थात उत्तिर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । यस वर्षको एसइई परिक्षा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।
आइतबार बाह्रबिसे नगरपालिकाको उप–प्रमुख मन्जु तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै एसइई परिक्षामा सफल विद्यार्थीहरुलाई शब्दद्धारा स्वागत मन्तव्य राख्नु हुदै विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूमा थप हौसला तथा प्रेरणा जगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख बालकृष्ण बस्नेतले संघर्षले व्यक्तिलाई सफल बनाउछ भन्दै सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त व्यक्त गर्दै असफल विद्यार्थीहरुहरू हतोत्साहित नहुन अनुरोध गर्नुभयो ।
नगर प्रमुख बस्नेतले नगरपालिकाका सबै बिद्यार्थीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको हुँदा नगरमा नै अध्ययन गर्न अनुरोध गर्दै नगरले रोजगारको समेत व्यवस्था गर्न लागेको बताउँनु भयो । उहाँले बिद्याथीहरु पढाइमा कसरी पास हुने भनेर रातोदिन अध्ययनमा ब्यस्त रहे जस्तै हामी जनप्रतिनिधीहरु पनि कसरी बिद्यार्थीहरु र नगरकका नागरिकको भविष्य राम्रो गर्ने कसरी समृद्ध नगर निर्माण गर्ने भन्ने बिषयमा राततोदिन लागी परेको बताउँनु भयो । उहाँले तपाईहरु मेहनत गर्नुहोस हामी तपाइहरुको मेहनत र प्रयासको सम्मान स्वरुप रोजगार तथा शिक्षाको व्यवस्था गर्छाै भन्नुभयो ।

उहाँले भन्नुभयो, असफलता नै सफलताको प्रतिक हो, एक पटकको प्रयासले सफल नभए पनि अर्को पटक सफल हुन्छ, भनी हौशला प्रदान गर्नुभयो । उहाँले विद्यालयमा भएका कमिकमजोरी पत्ता लगाई सुधार गर्ने र व्यवस्थापनकीय पक्षलाई ध्यानमा राखी शिक्षक, अभिभावक र विद्यार्थीहरु बिच छलफल गरी आगामी वर्षका नतिजामा सुधार ल्याउने बताउनु भयो । उहाँले यस बाह्रबिसे नगरपालिका अध्ययनन गर्ने विद्यार्थीहरुलाई एसइई पछि पनि कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था रहेको नगर प्रमुख बस्नेतले अभिभावक तथा विद्यार्थीहरुलाई बताउनु भयो ।

विद्यार्थीहरूलाई एसइई पछिको पढाइ पनि यसै नगरपालिकामा बसेर अध्ययनन गर्न आग्रह गर्नु हुदै राजधानीमा गएर पढ्दा धेरै आर्थिक भार पर्ने बताउनु भयो । बाह्रबिसे नगरपालिकाबाट ठुलो धन राशीको रूपमा २४ करोड पैसा शिक्षा क्षेत्रमा लगानी गरिएको जानकारी गराउदै  +२ मात्र होइन व्याचलरसम्म आगामी वर्ष २०८४ सम्म पुग्दा निःशुल्क शिक्षाको व्यस्था गर्ने योजना रहेको बताउनु भयो । साथसाथै दक्ष शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई नगरपालिकाभित्रै रोजगारको व्यवस्था गर्ने समेत बताउनु भयो ।