सम्पर्क

ब्रेकिङ न्युज २

सरकार बनाउने पहल राष्ट्रपति बाटै हुनु पर्छ ः पत्रकार महासंघ

Uncategorized, अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
नेपाल पत्रकार महासघले राष्ट्रपतिले वार्ताका लागि बोलाई सकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसावले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपति बाटै हुनु पर्छ भनेको छ । यसको लागि सहजीकरण गर्न पत्रकार महासंघ लगायतका ६ वटा पेशागत सञ्जाल पापड तयार रहेको समेत महासघंले जनाएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले आज एक बिञेप्ती प्रकाशन गरी यस्तो जनाउँनु भएको हो । उँहाद्धारा जारी बिज्ञेप्तीमा नेपाल पत्रकार महासंघ लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणको लागि निरन्तर वकालत गर्दै आएको छ । अहिले जेनजी पुस्ताको आन्दोलनबाट मुलुकमा विषम परिस्थिति उत्पन्न भएको छ । सरकारले राजीनामा दिएको र अर्को सरकार नबनिसकेकोले मुलुक संक्रमणकालिन अवस्थामा छ । यसलाई जति सक्दो छिटो सुरक्षित अवतरण गरिनु जरुरी छ । भ्रष्टाचार नियन्त्रण र सुशासनक...

बाह्रबिसे बजार सुनसान

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सुमित्रा बस्याल , सधै धेरै चहलपहल हुने सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे बजार बिगत केही दिन देखी सुनसान भएको छ । बिगत ३ दिन अघि देखि नेपालमा सुरु भएको जिन– जि आन्दोलनको कारण देसै भरी कफ्र्यु , निषेधाज्ञा रहेको छ भने सिन्धुपाल्चोकमा पनी हिजो कफ्र्यु थियो भने आज निषेधाज्ञा छ । कफ्र्यु कम घरबाट बाहीर निस्कन बन्देज लगाइएको थियो भने निषेधाज्ञामा ५ या ५जना चन्दा बढी हुल बाधेर हिड्न, सभा जुलुस गर्न पाइदैन , जिल्ल प्रशासन कार्यलयबाट जारी सुचना अनुसार आज जिल्ला भर निषेधाज्ञा छ । यसै क्रममा बाह्रबिसेमा पनि३ दिन अघि देखिनै प्रदर्सन सुरु भएको थियोे।त्यो प्रदर्सन बाट सार्बजनिक सम्पती लगायत निजि सम्पतीहरुको क्षेती हुन नदीन सुरक्षा को लागि नेपाली सेना परिचालन भएको थियोे। औषधि उपचार गर्न जान हिड्न सक्ने बिरामी एक जनालाइ मात्र जानदिएको छ भने पर्यटक बोकेका बसहरु पनि बाह्रबिसेमा रोकिएको अबस्था छ। साना दुई पा...

– देशको आँसु कसले पुछ्ने ?

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, साहित्य
रमेश कुमार बोहोरा देश नयाँ युगमा प्रवेश गर्ने क्रममा संक्रमणकालको उत्कर्षमा रहेको छ । आन्दोलनकारी जेनजी भावी नेतृत्व चयनको बहसमा केन्द्रित छ, नेपाली सेना जनताको सुरक्षामा खटिएको छ । तर, यो अत्यन्त तरल अवस्थामा सरकारविहीनता लम्बिनु घातक छ । अहिलेको समय भावना, आक्रोश आवेग मात्र नभई लोकतान्त्रिक पद्धतिको समेत ख्याल गर्नुपर्नेछ । आन्दोलनको बलमा जे गरे पनि हुन्छ भन्ने गलत अभ्यासले कालान्तरमा देशलाई नै घाटा हुन्छ । अहिले मुलुक रोइरहेको छ, नेपाल आमाको आँखाबाट बगिरहेको आँसु पुछ्ने सवाल केवल आन्दोलनको म्याण्डेट मात्र होइन, संवैधानिक, कानुनी हुँदै सामाजिक देशको ऐतिहासिक पक्षसंग पनि जोडिएको छ । छोटो समयको आन्दोेलनले जे गर्यो त्यो ऐतिहासिक छ, आन्दोलनका नाममा जेजस्तो प्रहार राष्ट्रको धरोहरहरुमा भयो त्यो पनि ऐतिहासिक नै । अब यिनको पुनःनिर्माण ठूलो प्रश्नको रूपमा खडा भएको छ । मेटिएका, जलेर खरानी भएका...

लुटपाटमा संलग्न २१जना पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, २५ भदौ: नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।रासस...

त्रिपुरासुन्दरीमा स्वास्थको पालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे / पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकामा पालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी सोमबार सम्पन्न भएको छ।गाउँपालिकाको सभाहलमा सम्पन्न भएको उक्त गोष्ठीमा सभा अध्यक्ष पालिका अध्यक्ष भक्तध्वज बोहरा हुनुहुन्थ्यो ।त्यसैगरी उपाध्यक्ष गिताकुमारी नेपाल ,प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली ,जिल्ला जनस्वास्थ्य कार्यलय चौतरा सिन्धुपाल्चोकको प्रमुख दुर्गा बजगाइ ,जनप्रतिनिधिहरु,साझेदार संस्थाको प्रतिनिधिहरु,पालिकाभरका सबै स्वास्थ चौकीका प्रमुख ,जन स्वास्थ निरीक्षक अमन परियार लगायत पालिका प्रमुखहरुको उपस्थिति रहेको स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाहले बताउनुभयो ।गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले पालिकाभर स्वास्थको क्षेत्रमा गरेको कामको उच्च प्रसंशा गर्दै घर दैलोमा गएर स्थानीय लाई सेवा दिन निर्देशन समेत दिनुभयो ।आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ सम्बन्धि सबै कार्यक्रम तथा गतिविधिहरुको औषधि उपच...

रास्वपा सभापति लामिछाने कारागारबाट रिहा

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौँ, २४ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा हुनुभएको छ । ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उहाँलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले राससलाई जानकारी दिनुभयो । सहकारी ठगीसम्बन्धी अभियोगमा उहाँ सो कारागारमा थुनामा हुनुहुन्थ्यो । रासस...

त्रिविको स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ त्रिभुवन विश्वविद्यालय त्रिविले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार यही भदौ २४, २५ र २६ गते ९बिहान ७ देखि १० बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म हुने भनिएको स्नातक तह दोस्रो वर्ष ९आंशिक तथा मौका० को परीक्षा स्थगित गरिएको हो । निमित्त परीक्षा नियन्त्रक डा सूर्यकान्त कलौनीले आज सूचना जारी गर्दै त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले देशमा उत्पन्न असहज परिस्थितिका कारण देशभरिका सबै परीक्षा केन्द्रका परीक्षा स्थगित गर्नुपरेको बताउनुभयो । स्थगित भएका परीक्षा क्रमशः असोज २, ४ र ५ गते सोही समय र परीक्षा केन्द्रमा हुने उहाँले जानकारी दिनुभयो ।...

उपत्यकामा थपियो कर्फ्यू क्षेत्र

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकाका थप विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले आजै अर्को विज्ञप्तिमार्फत शीतल निवास ९राष्ट्रपति कार्यालय० महाराजगञ्ज क्षेत्रको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कर्फ्यू आदेश जारी गरिएको जनाउनुभएको छ । त्यस्तै, हरित गृह ९उपराष्ट्रपति कार्यालय० लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म, नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ । प्रशासन कार्यालयले सि...

सामाजिक सञ्जाल बन्दको प्रभाव: पत्रकारिता र मिडियामा चुनौती र अवसर

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
रमेश कुमार बोहोरा सञ्चार माध्यम मानव सभ्यताको आधारभूत स्तम्भ हो । गुफाभित्रको चित्र र प्रारम्भिक संकेतबाट सुरु भएको सूचना आदान प्रदानको यात्रा आज डिजिटल युगमा फेसबुक, ट्विटर, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालसम्म आइपुगेको छ । यस अवस्थामा मिडिया र सामाजिक सञ्जालको सम्बन्ध अलग्गिन असम्भव छ । परम्परागत पत्रकारिता, अर्थतन्त्र, राजनीति, संस्कृति र दैनिक जीवन नै इन्टरनेट र सामाजिक सञ्जालको प्रभावमा लगातार परिवर्तन हुँदै आएको छ । हालै सरकारले विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता प्रक्रिया पूरा नगरेका कारण फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटर लगायत २६ वटा प्लेटफर्ममा तत्काल प्रभावमा रोक लगाएको छ । सरकारले यसको उद्देश्य सञ्चार सम्बन्धी कानूनको पालना गराउनु र भ्रामक समाचार फैलिनु, सामाजिक अस्थिरता बढ्नु जस्ता जोखिम रोक्नु रहेको बताएको छ । तर यसको प्रभाव केवल कानूनी कार्यान्व...

स्वास्थ्य बिमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
आगामी कात्तिक १ बाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको एकीकृत सुविधा पाउने भएका छन् । हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरूले यो सुविधा पाउँदै आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने निर्णयअनुसार आगामी कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो । एकीकृत सुविधा कार्यान्वयनका लागि मन्त्रालयले हाललै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० ९पहिलो संशोधन २०८२०’ स्वीकृत गरेको छ । संशोधित निर्देशिकाअनुसार विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बिमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यो सुविधा स्वास्थ्य ...