सम्पर्क

त्रिपुरासुन्दरीमा स्वास्थको पालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न

पृथ्वीजंग पाण्डे / पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकामा पालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी सोमबार सम्पन्न भएको छ।गाउँपालिकाको सभाहलमा सम्पन्न भएको उक्त गोष्ठीमा सभा अध्यक्ष पालिका अध्यक्ष भक्तध्वज बोहरा हुनुहुन्थ्यो ।त्यसैगरी उपाध्यक्ष गिताकुमारी नेपाल ,प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली ,जिल्ला जनस्वास्थ्य कार्यलय चौतरा सिन्धुपाल्चोकको प्रमुख दुर्गा बजगाइ ,जनप्रतिनिधिहरु,साझेदार संस्थाको प्रतिनिधिहरु,पालिकाभरका सबै स्वास्थ चौकीका प्रमुख ,जन स्वास्थ निरीक्षक अमन परियार लगायत पालिका प्रमुखहरुको उपस्थिति रहेको स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाहले बताउनुभयो ।गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले पालिकाभर स्वास्थको क्षेत्रमा गरेको कामको उच्च प्रसंशा गर्दै घर दैलोमा गएर स्थानीय लाई सेवा दिन निर्देशन समेत दिनुभयो ।आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ सम्बन्धि सबै कार्यक्रम तथा गतिविधिहरुको औषधि उपचार लगायतका सर्ने र नसर्ने रोगहरुको विश्लेषण तथा समिक्षा गरि आर्थिक वर्ष २०८२/८३ को लागि कार्ययोजना निर्माण समेत गरिएको स्वास्थ शाखा प्रमुख शाहले बताउनुभयो ।गत आ. व मा उत्कृष्ट स्वास्थ सेवा प्रदान गर्ने स्वास्थ संस्थालाइ पुरस्कृत गरि कदर पत्र समेत प्रदान गरिएको थियो।जसमा टेकानपुर स्वास्थ चौकी प्रथम ,पिस्कर स्वास्थ चौकी दोस्रो र घोर्थली स्वास्थ चौकी तेस्रो हुन सफल भएका थिए।सामुदायिक स्वास्थ जलजले र विद्यालय नर्स तर्फ मंगलामाइ मा बि पिस्करको रसिला खड्कालाई सम्मानित गरिएको थियो।गत आ. व . मा पालिकाभर बाट बीस हजार बाउन्न जनाले स्वास्थ चौकीबाट सेवा लिएका थिए।एक हजार एकहक्तर जना बालबालिकाले खोप सेवा लिएका थिए।त्यसैगरी गाउँघर क्लिनिक बाट अठतीस सय चौध जना र महिला स्वयंसेवक मार्फत सात हजार तीन सय चौसट्ठी जनालाई सेवा पुर्याइएको थियो।पालिकाको हेल्थपोष्टमा सुत्केरी गराउनेको ५९% संस्थागत सुत्केरी रहेका छन।६४ जना मुटुका रोगीले पालिका बाट निशुल्क औषधि प्राप्त गरेका छन् ।साथै पालिकाभरका उमेर अनुसारको बालबालिकाले पुर्ण रूपमा खोप प्राप्त गरेका छन् ।त्यसगरी मंगलबार पिस्कर स्वास चौकीमा सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण कार्यक्रम वडा अध्यक्ष टेकबहादुर गुभाजुको सभाअध्यक्षतामा स्वास्थ शाखा प्रमुख चन्द्र नारायण शाह,जनस्वास्थ प्रमुख अमन परियार,व्यवस्थापन समितिको पदाधिकारी तथा महिला स्वास्थ स्वयंसेबिकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको स्वास्थ चौकी प्रमुख अशोक कुमार यादवले बताउनुभयो