सम्पर्क

ब्रेकिङ न्युज २

इन्द्रावतीको भुबनेश्वरीका अध्यक्षद्धारा महीला प्रअ माथी हातपात प्रअ को आखाँमा चोट

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला श्री भुवनेश्वरी आबि इन्द्रावती –१ का प्र अ अन्जना भण्डारी माथी सोही बिधालयका वि व्य स अध्यक्षद्वारा कार्यकक्षमा नै कुटपिट गरि गम्भीर घाइते बनाएको छ। इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङले कार्यकक्षमै कुटपिट गरेको कारण भण्डारीको आँखामा गहीरो चोट लागेको छ । नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिकाले घटनाप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष तामाङविरुद्ध कानुनी कारबाहीको माग गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।घटना पुर्ण रूपमा खेद तथा आपत्तिजनक छ । यस्ता प्रकृतिका अपराधिक क्रियाकलापको जति भत्र्सना गरे पनि कम हुन्छ । शिक्षक तथा प्रअहरू कार्यकक्षमै कुटिएको विषयलाई गम्भीरतापूर्वक लिइ तत्काल दोषीमाथि कडाभन्दा कडा कारवा...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

ब्रेकिङ न्युज २
काठमाडौँ, १९ कात्तिकः काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो । मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो । मन्त्रालयका अनुसार अब काठमाडौँको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा वाइफाइ सेवा उपलब्ध हुनेछ । साथै काठमाडौँको ठूलोभ¥याङ यातयात व्यवस्था कार्यालय र ललितपुरको...

हेल्बुमा स्वास्थ्य शिविर सुरु

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
श्याम शर्मा एलशी हेलम्बु गाँउपालिकाको आयोजना , जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वय , ग्रेस बब्तिस चर्च ताईवान र फेयरमेडको सहयोग तथा मांक, बौद्ध डुनामिस चर्च र ग्याल्थुम डुनामिस चर्जको समन्वयमा हेलम्बु गाउँपालिकामा बृहत स्वास्थ्य शिविर हेलम्बु प्राथमिक अस्पतालमा सुरु भएको छ । शिविरको आज गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उद्घाटन गर्दै गाँउ गाँउमा स्वास्थ्य सुबिधा प्रदान गर्न पालिकाले कुनै कसर बाकिँ नराख्ने बताउनुभयो । शिविरमा दात,बाल रोग, स्त्री रोग , छाला सम्बन्धि र जनरल सबै रोगको परिक्षण तथा उपचार , निशुल्क औसधि बितरण ,तथा परामर्श ताईवान देशको बरिस्ठ डाक्टर तथा नेपाली डाक्टरहरुले बिमारी को अबस्था परिक्षण गर्ने भएको छ । आज पहिलो दिन १२५ जना भन्दा माथी बिमारि सेवा लिनु भएको छ। चार दिने शिबिर कार्तिक २० गते समापन हुने स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले बताउनुभयो ।...

नेपाल पत्रकार महासङ्घको आपत्ति

बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
  काठमाडौँ । सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ मा समावेश गरी कार्यान्वयनमा ल्याएको कतिपय प्रावधान स्वतन्त्र प्रेस विरोधी देखिएको भन्दै नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ पत्रकार महासघंका महासचिब राम प्रसाद दाहालले बिज्ञेप्ती जारी गरी यस्तो जनाउँनु भएको हो । बिज्ञेप्तीमा निःशुल्क दर्ता र नवीकरण हुँदै आएकामा शुल्क थोपर्ने लगायतका विभिन्न ५ वटा प्रावधानप्रति महासङ्घले आपत्ति जनाएको छ । नाम र डोमेन मिलेमा, जातजाति, धर्म वा सम्प्रदायबिचको सुसम्बन्धमा खलल पुग्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल कार्य दुरुत्साहन भएमा अनलाइन सञ्चारमाध्यम दर्ता नहुने भनी राखिएको स्वेच्छाचारी प्रावधान ।निःशुल्क दर्ता र नवीकरण हुँदै आएकामा शुल्क थोपर्ने प्रावधान ।अनुगमन तथा निरीक्षण स्थानीय अधिकारीले पनि गर्ने भन्ने नियन्त्रणमुखी प्रावधान ।दर्...

प्रहरी बरिष्ठ उपरिक्षक मरासिनीद्धारा सिन्धु पाल्चोकमा अनुगमन

बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक माताहतको कार्यालयहरुमा प्रहरी प्रधान कार्यलयबाट अनुगमन गरिएको छ । आफु माताहतका कार्यालयहरुबाट के कस्ता काम भइरहेको छ । कसरी सेवा प्रदान गरिरहेका छन भन्ने बारेमा भएको निगरानी अनुगमनमा जिल्लाका प्रहरी कार्यलयहरुमा गरिएका कार्यहरुका बारेमा जानकारी लिदै कार्यलयबाट गरिने कार्यहरुमा छिटो भरपर्दाे र पारदर्सीताका बारेमा जानकारी लिइएको थियो । प्रहरी बरिष्ठ उपरिक्षक मुकुन्द मरासिनीको नेतृत्वमा आएको अनुगमन टोलीलाइ जिल्ला प्रहरी कार्यलयले स्वागत गरेको थियो । जिल्ला प्रहरी कार्यलयमा दर्ता भएको मुद्धाहरुका बारेमा कसरी काम भइरहेको छ कसरी अगाडी बढीरहेको छ भन्ने बारेमा जानकारी लिदै निश्पक्षता र वास्तविकतामा ध्यान दिन र प्रहरी मेरो साथी हो भन्ने शब्दलाइ ब्यवहारमा देखाउँनका लागी निर्देशन दिनु भएको थियो । अनुगमन टोलीमा प्रहरी उपरिक्षक गजु बज्रचार्य, प्रहरी नायब उपरिक्षक ...

बाह्रबिसेनगरपालिकाले ल्यायो दमकल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगर पालिकाले दम्कल ल्याएको छ । नेपाल सरकारको पुर्व स्वास्थ मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत को बिशेष पहलमा दम्कल ल्याएको नगरप्रमुख बालकृष्ण बस्नेत ले जानकारी दिनु भयो । जापान सरकारको भोलेन्टर क्रस नेपालको समन्वयमा नगरपालिकाले दम्कल प्राप्त गरेको नगरपालिकाका नगर प्रमुख बस्नेतले बताउँनु भयो । उँहाले तिन तहको सरकार छ सिहदरबारको अधिकार गाँउ गाँउमा भनेको छ तर यसको प्रत्यक्ष नागरिक हरुले महशुस गर्न पर्छ त्यसैले यसको लागी पनी हामी लागी परेका छौ भन्नु भयो । बस्नेतले नगर पालिकामा मात्र सेवा दिने होइन सिन्धुपाल्चोक जिल्ला १ न क्षेत्रमा कुनै पनी पालिकामा दमकल नभएको कारण यो १ न क्षेत्र भरीकै नागरिकले सेवा पाउँने बताउँनु भयो ।  नगर प्रमुख बस्नेतले आफ्ना्े प्रतिबद्धता अनुसार काम गरेको बताउँनु भयो । उँहाले १ न क्षेत्रमा रहेको सबै पालिकाहर...

धान थन्क्याउन नपाउँदा किसान चिन्तित

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
महोत्तरी, १४ कात्तिकः दीपावली र छठसहितका मुख्य पर्व मनाएका महोत्तरीका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर बेचैन भएका छन् । चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले आकुलव्याकुल बनाएको हो । आज पनि बिहानभरि झमझम वर्षा भइरहेको छ । महोत्तरीसहितका मधेसमा गत मङ्गलबार बिहानदेखि मौसम धुम्मिएर बुधबार बिहान सिमसिम पानी परेको थियो । बुधबार दिउँसो घाम लागे पनि मध्यरात कटेपछि झमझम पानी परिरहेपछि खेतमा पाकेको धान काट्न, चुट्न र थन्क्याउन नपाएपछि किसानको चिन्ता बढेको हो । खासगरी महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका किसान अहिले मुखको पाकेको बाली थन्क्याउन नपाउँदा चिन्तामा परेका छन् । बुधबार मध्यरातपछि पर्न थालेको पानी छिनछिन रोकिँदै अझै पर्दैछ । बिहीबारदेखि परेको चोटिलो पानीले पाकेको धान बोटबाटै झार...

बरुवामा रहेको ‘सङ्क क्षेलिङ गुम्बा’ मा कङ्ग्युर अक्षय कोष स्थापना

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा रहेको ‘सङ्क क्षेलिङ गुम्बा’मा कङ्ग्युर अक्षय कोष स्थापना गरिएको छ । भूकम्पले भत्काएपछि जनश्रमदानबाट ३ करोड लागतमा निर्माण भएको गुम्बामा कङ्ग्युर अक्षय कोष स्थापना गरिएको हो । सो गुम्बाका प्रमुख लामा छेवाङ ग्याल्वो लामाका छोरि ज्वाइ पुजन थापाको परिवार बाट स्वर्गीय पिता प्रेमकुमार थापाको सम्झनामा (कङ्ग्युर)अक्षय कोष स्थापना स्वरुप ५ लाख र रङजुङ लामा बाट १ लाख सहित अक्षय कोष स्थापना भएको हो । यो कोषको रकम त्रीपिटकमा हुने १०८ वटा ठेलीलाई बार्षिक रुपमा बाचन गर्नको लागी प्रयोग गरिने बरुवाका पुर्व वडा अध्यक्ष पासाङ स्याङबाले जानकारी दिनुभयो । अहिले सुरुवात गरिएको कोषलाई बिस्तारै बढाउदै जाने गुम्बा विकास समितिले जनाएको छ । ४८ घर गुठी रहेको गुम्बा १ रोपनी जग्गामा निर्माण भएको छ। बौद्ध धर्म अनुसारका हरेक संस्कार गर्नका बौद्धमार्गीलाई लक्षित गर...

झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
हेटौँडा (मकवानपुर), १४ कात्तिक : बिहानको झिसमिसे उज्यालोमा बागमती गाउँपालिकाको केन्द्रतर्फको बाटोमा केही मानिसहरू बेल्चा र कोदालो बोकेर अगाडि बढिरहेका हुन्छन् । केहीको हातमा कोदालो, कोही ढुङ्गा उठाउँदै छन् र कोही हाँस्यौली अनुहारले एकअर्कालाई ‘शुभबिहानी’ भन्दै स्वागत गर्दैछन् । गाउँपालिका अध्यक्ष सर्केश घलानले सात वर्ष अगाडिदेखि चलाउनुभएको श्रमदानको अभ्यासलाई आत्मसात् गर्दै त्यसै भीडभित्र हिलोले छ्यापिएको जुत्ता र मुस्कानले झल्किएको अनुहारसहित देखिन्नुहुन्छ प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी । नेपालका अधिकांश सरकारी अधिकृतहरू कार्यालयको कुर्सीमा सीमित देखिन्छन्, तर दर्जी भने फरक ढङ्गले चिनिनुभएको छ । हुन त बागमती गाउँपालिकाका अध्यक्ष आफ्नै चाडबाड बिदामात्र होइन बिहान ५ः०० बजेदेखि रातको १२ः०० बजेसम्म कि त पालिका या त कार्यस्थलमा भेटिनु विगत सात वर्षदेखिको दैनिकी नै भइसकेको छ, तर यहाँ प्...

ढुङ्गा उत्खनन बन्द गर्देै सिन्धुपाल्चोक अनुगमन समिती

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
जिल्ला अनुमन समिती द्धारा बाह्रबिसे नगरपालिका कर्थलीमा गरिएको ढुङ्गा उत्खनन बन्द गर्ने गरेको छ । ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९को दफा ९ मा ब्यवस्था भए बमोजिम नदी जन्य तथा खानी जन्य पदार्थको उत्खनन सङ्कलन र बिक्री सम्बन्धी प्रकृयाको अनुगमन गर्न गठीत नदी जन्य तथा खानी जन्य पदार्थ जिल्ला अनुगमन समितीको बैठकले बाह्रबिसे नगरपालिका कर्थलीमा गरिएको ढुङ्गा उत्खनन बन्द गर्ने निर्णय गरेको हो ।  बैठकले खोलामा                 टिपरमा बालुवा चालेर हाल्ने कार्य बन्द गर्ने , ढुवानीगर्दा बिल बिजक अनिबार्य गर्न पर्ने लगाएतका निर्णय हरु गरेको छ । समितीका संयोजक जिल्ला सम्मन्वय प्रमुखको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको निमीक्त जिल्ला सम्मन्वय अधिकारी प्रशान्त अधिकारीले जानकारी दिनु भयो ।...