जिल्ला अनुमन समिती द्धारा बाह्रबिसे नगरपालिका कर्थलीमा गरिएको ढुङ्गा उत्खनन बन्द गर्ने गरेको छ ।
ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९को दफा ९ मा ब्यवस्था भए बमोजिम नदी जन्य तथा खानी जन्य पदार्थको उत्खनन सङ्कलन र बिक्री सम्बन्धी प्रकृयाको अनुगमन गर्न गठीत नदी जन्य तथा खानी जन्य पदार्थ जिल्ला अनुगमन समितीको बैठकले बाह्रबिसे नगरपालिका कर्थलीमा गरिएको ढुङ्गा उत्खनन बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले खोलामा
टिपरमा बालुवा चालेर हाल्ने कार्य बन्द गर्ने , ढुवानीगर्दा बिल बिजक अनिबार्य गर्न पर्ने लगाएतका निर्णय हरु गरेको छ । समितीका संयोजक जिल्ला सम्मन्वय प्रमुखको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको निमीक्त जिल्ला सम्मन्वय अधिकारी प्रशान्त अधिकारीले जानकारी दिनु भयो ।
