सम्पर्क

चौैतारा सिपाघाट हुदै नारायणटार सेवा दिदै कालिन्चोक यातायात

सिन्धुपाल्चोक जिल्लाको चौतारा बाट काठमाण्डौ सम्म कालीन्चोक यातायातले बस सेवा सुरु गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सबेैभन्दा छोटो दुरीबाट सेवा सञ्चालन गरेकोमा स्थानीय बासीहरु खुशी रहेका छन । कालिञ्चोक यातायात प्रा.लि.ले यही कार्तीक ४ गतेदेखी सञ्चालनमा ल्याएको जनाएको छ । बिहान ६ बजे चौताराबाट काठमाडौं(रुटः नारायणटार– साँखु– कात्तिके– चुरिथुम्का– सिपाघाट– भिमटार– सिपापोखरे– ज्यामिरेमाने– तिनधारा– सिपाटार– झ्याडी– सानोसिरुवारी हुँदै चौतारा सम्म आउँने र बिहान ६ः३० नारायणटारबाट चौतारा ( रुटः साखु –कात्तिके –चुरिथुम्का –सिपाघाट –बडहरे हुँदै चौतारा सम्म र दिउँसो ११ः४५ चौताराबाट काठमाडौं( रुट ः बडहरे– सिपाघाट –चुरिथुम्का– कात्तिके– काठमाडौ सम्मजाने र दिउँसो १ः३० नारायणटारबाट चौतारा( रुटः साखु –कात्तिके –चुरिथुम्का –सिपाघाट हुँदै चौतारा सम्म आउँने कालिञ्चोक यातायातले जनाएको छ ।