सम्पर्क

बाह्रबिसेनगरपालिकाले ल्यायो दमकल

सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगर पालिकाले दम्कल ल्याएको छ । नेपाल सरकारको पुर्व स्वास्थ मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत को बिशेष पहलमा दम्कल ल्याएको नगरप्रमुख बालकृष्ण बस्नेत ले जानकारी दिनु भयो । जापान सरकारको भोलेन्टर क्रस नेपालको समन्वयमा नगरपालिकाले दम्कल प्राप्त गरेको नगरपालिकाका नगर प्रमुख बस्नेतले बताउँनु भयो । उँहाले तिन तहको सरकार छ सिहदरबारको अधिकार गाँउ गाँउमा भनेको छ तर यसको प्रत्यक्ष नागरिक हरुले महशुस गर्न पर्छ त्यसैले यसको लागी पनी हामी लागी परेका छौ भन्नु भयो । बस्नेतले नगर पालिकामा मात्र सेवा दिने होइन सिन्धुपाल्चोक जिल्ला १ न क्षेत्रमा कुनै पनी पालिकामा दमकल नभएको कारण यो १ न क्षेत्र भरीकै नागरिकले सेवा पाउँने बताउँनु भयो ।  नगर प्रमुख बस्नेतले आफ्ना्े प्रतिबद्धता अनुसार काम गरेको बताउँनु भयो । उँहाले १ न क्षेत्रमा रहेको सबै पालिकाहरुमा सेवा दिने बताउँनु भयो । उँहाले करिब ८जना जनशक्ती लाग्ने भएकोले नेपाली सेना, शशस्त्र प्रहरी एबम सबै पालिका जन प्रतीनिधी सबै सँग बसेर छलफल गरिने र छलफलबाट कसरी चलाउँने भनेर निर्णय हुन्छ । त्यही अनुसार सञ्चालन गर्ने बताृँनु भयो । उाहाले नगरको लगनी नभएको तर ब्यवस्थापन खर्च नगर पालिकाले ब्योर्न पर्ने बताउँनु भयो । उँहाले पुर्ब मन्त्री मोहन बस्नेत र दिपक चापागाइको बिशेष पहलमा ल्याएको बताउँनु भयो । जापान सरकारले नेपाललाइ १२ वटा दम्कल सहयोग गरेकोमा उँहाहरुको पहलमा बाह्र्बिसे नगर पालिकाले पनी पाएको हो ।