सम्पर्क

आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाको १२औं बार्षिक साधारणसभा सम्पन्न

श्री आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बागमती प्रदेसका पुर्ब मन्त्री बागमती प्रलेस सभा सदस्यमा.युबराज दुलाल को प्रमुख आतिथ्यतामा साधरण सभा सम्पन्न भएको हो । श्री आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाको१२औं बार्षिक साधारण सभा समारोह लाइ सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य,पुर्ब मन्त्री मा.युबराज दुलालले सहकारीताको माध्ययमबाट गरेका हरेक कामहरु सफतामा हुने भएता पनी केही सहकारी हरुले सहकारी सिद्धान्त बिपरित काम गरेकोले सहकारी सङ्कटमा पर्ने गरेको बताउँनु भयो । उँहाले सहकारीको सिद्धान्त अनुसार काम गर्न अनुरोध गर्दै ब्यक्तीगत स्वार्थमा लाग्ला सहकारी सङ्कटमा पर्छ त्यसकारण ब्यक्तीगत स्वाथर््मा लाग्ने काम गर्नु हुादैन भन्नु भयो । प्रमुख आतिथी दुलालले वडामा सामुदायिक विद्यालय बाट २०८१ सालको एसएलसी सिइइमा उत्कृष्ठ जिपिए ल्याउने सामुदायिक विद्यालयका ६ जना छात्र छात्रा लाई नगद सहित सम्मान,गर्नु भएको थियो । यसै गरी ११ जना उत्कृष्ट बचत कर्तालाइ सम्मानगरिएको थियो भने ४जना असल ऋणी सम्मान गर्दै साधरण सभा सम्पन्न गरिएको हो ।चौतारा सागाँचोकगढी नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक तथा वडा न.१३ आदरणीय वडा अध्यक्ष श्री राम प्रसाद गौतम को विशेष आतिथ्यता मा भएको साधरण सभाले ,अध्यक्ष नारायण प्रसाद गौतम द्धारा प्रस्तुत आ.व.०८१÷८२को प्रगति प्रतिवेदन ,भाबी कार्ययोजना र कोषाध्यक्ष हरि बहादुर नेपालद्धारा प्रस्तुत वार्षिक प्रतिबेदन २०८२ लाइ परित गरिएको छ ।