सम्पर्क

प्रहरी बरिष्ठ उपरिक्षक मरासिनीद्धारा सिन्धु पाल्चोकमा अनुगमन

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक माताहतको कार्यालयहरुमा प्रहरी प्रधान कार्यलयबाट अनुगमन गरिएको छ । आफु माताहतका कार्यालयहरुबाट के कस्ता काम भइरहेको छ । कसरी सेवा प्रदान गरिरहेका छन भन्ने बारेमा भएको निगरानी अनुगमनमा जिल्लाका प्रहरी कार्यलयहरुमा गरिएका कार्यहरुका बारेमा जानकारी लिदै कार्यलयबाट गरिने कार्यहरुमा छिटो भरपर्दाे र पारदर्सीताका बारेमा जानकारी लिइएको थियो । प्रहरी बरिष्ठ उपरिक्षक मुकुन्द मरासिनीको नेतृत्वमा आएको अनुगमन टोलीलाइ जिल्ला प्रहरी कार्यलयले स्वागत गरेको थियो । जिल्ला प्रहरी कार्यलयमा दर्ता भएको मुद्धाहरुका बारेमा कसरी काम भइरहेको छ कसरी अगाडी बढीरहेको छ भन्ने बारेमा जानकारी लिदै निश्पक्षता र वास्तविकतामा ध्यान दिन र प्रहरी मेरो साथी हो भन्ने शब्दलाइ ब्यवहारमा देखाउँनका लागी निर्देशन दिनु भएको थियो । अनुगमन टोलीमा प्रहरी उपरिक्षक गजु बज्रचार्य, प्रहरी नायब उपरिक्षक हेमा थोकर सहीत १२ जनाको टोली सिन्धुपाल्चोक आएको आएको थियो । टोलीले इलाका प्रहरी कार्यलय बाह्र्बिसेमा लगाएतको क्षेत्रहरुमा अनुगमन गरेको थियो ।