सम्पर्क

इन्द्रावतीको भुबनेश्वरीका अध्यक्षद्धारा महीला प्रअ माथी हातपात प्रअ को आखाँमा चोट

सिन्धुपाल्चोक जिल्ला श्री भुवनेश्वरी आबि इन्द्रावती –१ का प्र अ अन्जना भण्डारी माथी सोही बिधालयका वि व्य स अध्यक्षद्वारा कार्यकक्षमा नै कुटपिट गरि गम्भीर घाइते बनाएको छ। इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङले कार्यकक्षमै कुटपिट गरेको कारण भण्डारीको आँखामा गहीरो चोट लागेको छ । नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिकाले घटनाप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष तामाङविरुद्ध कानुनी कारबाहीको माग गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।घटना पुर्ण रूपमा खेद तथा आपत्तिजनक छ । यस्ता प्रकृतिका अपराधिक क्रियाकलापको जति भत्र्सना गरे पनि कम हुन्छ । शिक्षक तथा प्रअहरू कार्यकक्षमै कुटिएको विषयलाई गम्भीरतापूर्वक लिइ तत्काल दोषीमाथि कडाभन्दा कडा कारवाहिको प्रक्रिया अगाडि बढाउन स्थानीय सरकार र स्थानीय प्रशासनलाई जोडदार माग गर्दै घाइते साथि लाइ सिघ्र स्वास्थ लाभको कामना ब्यक्त गरेको छ । कुनै बिषयमा चित्त नबुझे छलफल द्धारा समधान गर्न पर्नेमा जिम्मेवार ब्यक्ती बाटै यस्तो अनैतिक काम भएकोमा जिल्लाबासी आक्रोसित भएका छन ।