सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामास्थित गौराती भीमेश्वर मन्दिरमा कात्तिक पूर्णिमाको अवसरमा मेला लागेको छ। यो मन्दिरमा हरेक वर्ष कात्तिक पूणिर्मादेखि पञ्चमीसम्म दर्शनार्थीको भिड लाग्ने गर्दछ। पूर्णिमाको दिन र रातभरी दर्शनार्थीहरू जगाराम व्रत बसेका छन् ।
यसरी व्रत बसेर पूजापाठ गरेमा पापमोचन हुनुको साथै चिताएको कुरा पुरा हुने विश्वास रही आएको छ । गैराती मेलामा ओखल ढुङ्गा लगाएत का देसका बिभिन्न स्थानबाट दर्शनार्थीको घुइचो लागेको छ । हिजो पुणीमाको दिनमा पितृमोक्ष तथा आत्मा शान्तिका लागि बत्ति बाल्ने परम्परा रहँदै आएको छ ।
यसरी बत्ती बालेर पुजा आजा गर्ने र दर्शन गर्नेहरुको भिडमा कुनै अप्रीय घटना घट्न नदीन प्रहरीले अस्थाइ पोष्ट खडा गरेको थियो भने चौतारा साँगाचोकगढी नगर पालिकाले निशुल्क स्वास्थ्य शिबीर सञ्चालन गरेको थियो । मेलामा बिक्रीका लागी राखीउको जेरप् लगाएतका मिठाइका सामाग्रीहरु खान लाएक छ की छैन भनेर छड्को अनुगमन गरेको थियो । उद्योग तथा बाणीज्य कार्यलय सिन्धुपाल्चोक र खाद्य प्रबीधी तथा गुण नियन्त्रण कार्यलय धुलिखेलको सयुक्त टोलीले अनुगमन गरेको थियो । अनुगमनमा प्राय मिठाइ पसलहरुमा रङप्रयोग गरिएको सामाग्री भेटीएको र मिठाइ पकाउँने तेल गुणस्तर हिन भेटीएको थियो ।
अनुगमनका क्रममा उद्योग तथा बाणीज्य कार्यलय सिन्धुपाल्चोक का कार्यलय प्रमुख त्रिपुरारी बख्रेलले ब्यपारीहरुलाइ सम्झाउँदै रङ प्रयोग गर्दा हुने रोगका बारेमा जानकारी दिनु भएको थियो भने खाद्य प्रबीधी तथा गुण नियन्त्रण कार्यलय धुलिखेलको कार्यलय प्रमुख खाद्य अनुसन्धान अधिकृत मनीषा चापागाइ ले तेल परिक्षण गर्दै एकै पटक धेरै तेल हालेर धेरै पटक सम्म मिठाइ पकाउँन नहुने भन्दै यसबाट मानीस्को स्वास्थ्यमा असर पर्ने गरेको बताउँनु भयो ।
उँहाले रङ प्रयोग गरेका सामाग्री बिक्री नगर्न अनुरोध गर्दै त्यस्ता सामाग्रीहरु नष्ट गर्न ब्यपारीहरुलाइ भने पछी नष्ट गरिएको थियो । प्रिण्ट अक्षर भएका कागज पत्रिकाकमा खाद्य सामाग्री दिन नहुने भन्दै त्यस्ता सामाग्रीहरु समेत नष्ट गरिएको थियो ।
बजारमा प्राय गरेर राम्रो देखाउँनका लागी बिभिन्न रङ प्रयोग हुने, स्वादको लागी बिभिन्न केमीकल प्रयोग हुने यसका कारण उपभोक्ताको स्वास्थ्य खराब हुने भएकाले यसको नियन्त्रण हुन अति जरुरी रहेको हुँदा मेलामा प्रयोग गरिने सामाग्रीहरुको अनुगमनबाट पनी सचेत गराउँन सकिने चापागाईले बताउँनु भयो ।
अनुगमनमा खाद्य प्रबीधी तथा गुण नियन्त्रण कार्यलयका खाद्य निरीक्षक पुर्ण प्रसाद पौडेल, सञ्चार कमी नेत्र बहादुर बस्नेत लगाएतको उपस्थिती रहेको थियो । मेलामा बृहत सास्कृती कार्यक्रमले दर्शकहरुलाइ मनोरन्जन दिलाएको थियो ।
