सिन्धुपाल्चोक जिल्लाको बन्देउमा कृतिम घटना अभ्यास भिड नियन्त्रण र कफ्र्यु व्यवस्थापनका विभिन्न चरणहरूको व्यवहारिक अभ्यास कार्यक्रम गरिएको छ । नेपाल प्रहरी र शशस्त्र प्रहरीको दुवै सुरक्षा निकायका बागमती प्रदेश प्रमुखहरु सहितको उपस्थितिमा सो कृतिम घटना अभ्यास गरिएको सशस्त्र प्रहरी १६ नं गण, बन्देउका गणपति अच्युतमकुमार मजगैयाँले जानकारी दिनु भयो ।
सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले बन्देउमा गरेको यस कृतिम घटना अभ्यास भिड नियन्त्रण र कफ्र्यु व्यवस्थापनका विभिन्न चरणहरूको व्यवहारिक अभ्यास थियो। सो अभ्यासमा चेतावनीदेखि लिएर लाठी चार्ज, अश्रुग्यास, पानीको फोहोरा, हवाई फायर र घाइते उद्धारसम्मको दृष्य प्रस्तुत गरियो।अभ्यासको मुख्य उद्देश्य अहिलेको संवेदनशील परिस्थितिमा सुरक्षा निकायहरूलाई व्यवहारिक रूपमा तयार गराउनु रहेको छ । बागमती प्रदेश प्रहरी प्रमुख अरुण पौडेलले आन्दोलनको प्रकृति अनुसार समानुपातिक जनशक्ति र उपकरण प्रयोग गर्नुपर्ने, समयमा सूचना प्रवाह र जनशक्ति तालिमको भूमिकालाई कमजोर नबनाउने कुरामा जोड दिनु भयो । सशस्त्र प्रहरी ३ नं बाहिनि, गढिमाइका बाहिनिपति अञ्जनी कुमार पोखरेलले पनि अभ्यासले व्यवहारिक अनुभव दिने र वास्तविक घटना सबैले अनुकरण नहुने भए तापनि सबै परिस्थितिका लागि तयार रहन मार्गदर्शन गर्ने बताउँनु भयो ।सशस्त्र प्रहरी बल, १६ नं गण, बन्देउ र जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको संयुक्त टोलीले बन्देउमा १८ सेल अश्रुग्यास प्रहार गरेको छ भने ५ राउन्ड हवाई फायर गरेर अभ्यास गरेको थियो ।
