सम्पर्क

ब्रेकिङ न्युज २

एक आपसमा बस ठक्कर खाँदा २१ घाईते

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा सागाँचोक गढी नगरपालिका १० सुकुटे स्थित अरनिको राजमार्ग सडक खण्डमा बस एक आपसमा ठक्कर खादा २१ घाईते भएका छन् । खाडीचौरबाट बन्देउतर्फ जादै गरेको बा ३ ख ४८३४ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको प्र.३–०१–००५ ख ९९३३ न.को बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुबै बसहरुमा सवार २१ जना मानिसहरु घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । प्रनाउ वस्नेतका अनुसार घाईतेहरुलाई तत्काल उद्धार गरि उपचारको लागि विभिन्न अस्पतालहरुमा पठाईएको र घाईतेहरु मध्ये ७ जनाको अवस्था मध्यम रहेको छ भने अन्य १४ जना घाईतेहरु सामान्य रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको उहाँले बताउनुभयो...

तामाङद्धारा क्षेत्रिय सभापतिमा उम्मेदवारी घोषणा

ब्रेकिङ न्युज २, राजनिती
सिन्धुपाल्चोकको नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा आईतामान तामाङले उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १० र ११ गते हुने अधिवेशनमा सभापति उम्मेदवार घोषणाा गर्नु भएको हो । यस अघि पनि सभापति रहनु भएका तामाङले पुनः उम्मेदवार बन्ने आज घोषणाा गर्नु भएको हो । अघिल्लो कार्यकालमा पनि सभापति बनेका तामाङले संगठन सुदृढीकरण र सवल कांग्रेस निमार्णका लागि उमेद्वारी दिएको बताउनुभयो । युवाहरुलाई समेटेर राजनितीमा होमिएका तामाङले यो अधिवेशनमा क्षेत्रिय सभापतिमा आफुलाई जिताउन आग्रह गर्नुभएको छ । पार्टीका अग्रज नेता र पार्टीका कार्यकर्ता तथा शुभेच्छुकको आग्रहमा उम्मेदवारी घोषणाा गरेको उहाँले बताउनुभयो । तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी संगठन निर्माण गर्न आफुले उम्मेदवारी दिएको तामाङले बताउनुभयो ।...

काँग्रेस सिन्धुपाल्चोक प्रदेश सभापतिका यी हुन् दाबेदार

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेस सिन्धुपाल्चोकले स्थानीय तह अन्तर्गतको निर्वाचन सकेर आज प्रदेश तहको अधिवेशन गर्दैछ । प्रदेशको नेतृत्व लिनका लागी सिन्धुपाल्चोकमा तिब्र प्रतिस्पर्धा हुने देखिन्छ । १ नं. क्षेत्रको प्रदेश ‘क’मा आङ्दोर्जे शेर्पाले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँ संस्थापन पक्षका हुनुहुन्छ । शेर्पा अहिले पनि प्रदेश सभापतिको जिम्मेवारीमा हुनुहुन्छ । पौडेल पक्षबाट कसले उम्मेदवारी दिने निश्चित भएको छैन । यता प्रदेश ‘ख’मा देबेन्द्र खड्का र चन्द्र सिलवालबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुबैले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । संघीय क्षेत्र नं. २ को प्रदेश ‘क’मा देवप्रसाद बानियाँ, देव कोइराला र केशब गिरीबीच त्रिपक्षीय भिडन्त हुने सम्भावना छ । त्यसैगरी प्रदेश ‘ख’मा सिके चौलागाइँ, सुनील दोङ, खेतनाथ घिमिरेमध्ये एकजना पौडेल पक्षबाट र संस्थापनबाट लेखा लामा र रमेश भण्डारीमध्ये एकले उम्मेदवारी...

अन्तिम चरणमा जनगणना

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय जनगणना–२०७८ को जनगणना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । सोमबारसम्म ८५ देखि ९० प्रतिशतजति जनगणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । गत कात्तिक २५ देखि सुरु भएको जनगणना सोमबारसम्म १२ दिन मुख्य गणना गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले सोमबारसम्म मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । सुपरिवेक्षकले नियमित रूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने गरेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही छिटफुट भए जिल्ला जनगणना, स्थानीय जनगणना कार्यालयबाट सच्याउने काम भइरहेको छ । अब जनगणना सम्पन्न हुन दुई दिन मात्र बाँकी भएकाले कोही व्यक्ति जनगणनामा छुटेको भए आफैँले पनि चासो राखेर गणक, सुपरिवेक्षक, वडा कार्यालय, पालिका र जिल्ला जनगणना कार्यालयमा सम्प...

काँग्रेस सिन्धुपाल्चोकको पालिका , नगरमा संस्थापन पक्षको वर्चस्व

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोकको पालिका अधिवेशनमा संस्थापन पक्षको वर्चस्व रहेको छ । १० पालिकाको निर्वाचन सम्मपन्न हुँदा पार्टी सभापति शेरबहादुर देउवा प्यानलको वर्चस्व देखिएको हो । १० मध्ये ६ पालिकामा देउवा प्यानल विजयी भएका छन् । दुई पालिकामा जिल्ला सभापति विकास लामा निकट सभापति भएका छन् भने दुई पालिकामा दुवै प्यानलमा नपरेका उम्मेदवारले जितेको छ । चौतारा साँगाचोकगढीको अध्यक्षमा इन्द्र धिताल सर्वसम्मत सभापति भएका छन् । सोमबार भएको पालिका अधिवेशनमा धिताल सर्वसम्मत सभापति हुनुभएको छ । उहाँ पहिले लामा निकट मानिएपनि पछील्लो चरण संस्थापन निकट भएपछी सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो । भोटेकोसी गाउँपालिका सभापतिमा देवीबहादुर बुढाथोकी विजयी हुनुभएको छ । बुढाथोकीले ५५ मत ल्याई जित हात पार्नुभएको हो । उहाँका प्रतिद्वन्दी मुके शेर्पाले २२ मत र साङ्बो शेर्पाले १३ मत ल्याउनुभएको छ । केन्द्रीय सदस्...

सिन्धुपाल्चोक काँग्रेसको १२ स्थानिय तहमध्ये ७ मा नेतृत्व चयन

ब्रेकिङ न्युज २, राजनिती
सिन्धुपाल्चोक काँग्रेसको १२ वटै स्थानिय तहमा आज भएको अधिवेशनमध्ये ७ मा नयाँ नेतृत्व चयन भएको छ भने अन्यमा हुँदै छ । जुगल गाउँपालिकामा सगुन श्रेष्ठ सभापतिमा निर्विरोध चयन हुनुभएको छ । उपसभापतिमा राजेन्द्र लामा र साङ्बो शेर्पा , सचिवमा सुवास तामाङ र गौरब श्रेष्ठ चयन हुनुभएको छ । सह– सचिवमा भने निमा छिरिङ दोङ र रविन्द्र अधिकारी चयन हुनुभयो । जुगल गाउँपालिकामा ४३ सदस्यीय कार्यसमिती निर्विरोध चयन हुनुभएको छ । बाह«विसे नगरपालिकाको सभापतिमा शम्भु तिमल्सीना निर्वाचित हुनुभएको छ । तिमल्सीनाले रेशम तामाङलाई पराजित गर्नुभएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको सभापतिमा भने ईन्द्रलोचन धिताल सर्वसम्मत चयन हुनुभएको छ । कार्यसमितिको उपसभापतिमा कमलराज गिरी र आईडिवि लामा , सचिवमा भगवान खड्का र विकास कुमार सापकोटा, सहसिचवमा ईन्द्रवहादुर बस्नेत कोषाध्यक्षमा कृष्णबहादुर बोगटी निर्विरोध चयन हुनुभएको छ ।...

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मेलम्चीबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको हो । सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन् । मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुनुहुन्छ । त्यसैगरी ईन्द्रावती गाउँपालिका वडा नं. ५ कोईरालाटार स्थित कच्ची सडक खण्डमा कोईरालाटारबाट धुसेनी तर्फ जादै गरेको लु २ त ८३०४ नम्बरको ट्याक्टरको टायरले नयाँबस्ती बस्ने पुर्ण बहादुर माझीको छोरा बर्ष ३५ को श्याम बहादुर माझीलाई किच...

जुगलमा गाउँमै योजना सम्झौता र बैंक खाता सञ्चालन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले सिंहदरबारको झझल्को गाउँमै दिएको छ । गाउँपालिकामा हुने योजना सम्झौताको काम वडाबाटै हुँदा स्थानीयलाई निकै सहज भएको छ । वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता र बैंक खाता वडा कार्यालयबाटै खोलेर जनतालाई सुविधा दिएको प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर बिकले बताउनुभयो । गाउँपालिकाको आ.व. ०७८÷७९ को स्वीकृत कार्यक्रम मध्ये उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने योजना सम्झौता प्रक्रिया निरन्तर चलिरहेको उहाँले बताउनुभयो । वडा नं २ गोल्चे मा १६ , वडा नं ३ गुम्बामा १८ , वडा नं ६ हगाममा १३ वटा, वडा नं ७ याङलाकोटमा १४ वटा गरि ६१ योजना सम्झौता सम्पन्न भएको समेत उहाँले जानकारी दिनुभयो । एनसिसि बैंकसंगको साझेदारीमा बैंक खाता समेत फिल्डमै खोलिएको छ । सम्झौता पश्चात उपभोक्ता समितिलाई अभिमुखिकरण समेत गरिएको छ । गाउँमै सबै किसिमको सेवा पाउँदा स्थानीय खुसी भएको बताए । स...

स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्नेछ –प्रदेश मन्त्री लामा

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य तथा जनसँख्या मन्त्री निमा लामाले स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्ने काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस मेलम्ची नगरपालिका – ७ को पार्टी कार्यालयको उदघाटन गर्दै लामाले वागमती प्रदेशका १३ वटै जिल्लाका अस्पतालहरुलाई स्थलगत भ्रमण गरेर आबश्यक पर्ने स्वास्थ्य सामग्री, जनशक्ती र पूर्वाधारको विकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । मन्त्री लामाले सिन्धुपाल्चोकको विकास निर्माण , खानेपानी, स्वास्थ्य आफुले सकेको सम्बोधन गर्ने समेत बताउनुभयोे । प्रत्येक जिल्लाका अक्सिजन प्लान्ट र मागअनुसारको काम गर्न आफु तयार रहेको समेत बताउनुभयो । कार्यक्रम वडा सभापती दिप वशादुर तामाङको सभापतित्वमा भएको थियो । पार्टी कार्यालयको उटघाटन पछी लामा वडा समितिको सम्मान कार्यक्रममा सहभागी हुनुभएको थियो ।...

सिन्धुपाल्चोक काँग्रेसको अधिवेशन भोलीदेखी

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन भोलीदेखी हुने भएको छ । पार्टी सभापती विकास लामा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबिच भएको छलफलमा वडा, गाउँ , नगर , प्रदेश, क्षेत्र र जिल्लाको अधिवेशन गर्ने सहमति भएको हो । मँसिर ४ गते बाँकी रहेका वडा अधिवेशन गर्ने सहमती भएको छ । सिन्धुपाल्चोकमा २ वटा वडामा अधिवेसन हुन सकेको छैन भने २ वटा वडामा विबाद छ । सुनकोशी गाउँपालिका वडा नम्बर ३ र जुगल गाउँपालिका वडा नम्बर ३ को अधिवेशन अझै हुन सकेको छैन । नगरपालिका र गाउँपालिकाको ५ गते , सँघिय क्षेत्र नम्बर प्रदेशको निर्वाचन ८ गते , क्षेत्रिय निर्वाचन १०÷११ गते र जिल्ला अधिवेशन १३÷१४ मा निर्वाचन हुने भएको छ ।  ...