सम्पर्क

सिन्धुपाल्चोक काँग्रेसको अधिवेशन भोलीदेखी

नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन भोलीदेखी हुने भएको छ । पार्टी सभापती विकास लामा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबिच भएको छलफलमा वडा, गाउँ , नगर , प्रदेश, क्षेत्र र जिल्लाको अधिवेशन गर्ने सहमति भएको हो ।
मँसिर ४ गते बाँकी रहेका वडा अधिवेशन गर्ने सहमती भएको छ । सिन्धुपाल्चोकमा २ वटा वडामा अधिवेसन हुन सकेको छैन भने २ वटा वडामा विबाद छ । सुनकोशी गाउँपालिका वडा नम्बर ३ र जुगल गाउँपालिका वडा नम्बर ३ को अधिवेशन अझै हुन सकेको छैन । नगरपालिका र गाउँपालिकाको ५ गते , सँघिय क्षेत्र नम्बर प्रदेशको निर्वाचन ८ गते , क्षेत्रिय निर्वाचन १०÷११ गते र जिल्ला अधिवेशन १३÷१४ मा निर्वाचन हुने भएको छ ।