जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेत कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।
विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुको साथै अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले बागमती प्रदेश कार्यालय हेटौडाबाट बस्नेतलाई उत्कसष्ट प्रहरी घोषणा गरिएको हो । विषेशगरी हेलम्बु गाउँपालिका वडा नं. १ को खार्चुङमा यही १८ गते ७३ वर्षिय केसाङ लामाको हत्याका अभियुक्तलाई अनुसन्धान गरी पक्राउ गर्न सफल भएकाले सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको बागमती प्रदेश कार्यालय हेटौडाका प्रहरी नायव महानिरिक्षक प्रकाशजँग कार्कीले जानकारी दिनुभयो ।

