नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बलेफी गाउँपालिका वडा नं. ६ को प्रथम वडा अधिवेशनले रमेश घिमिरेको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्विरोध चयन गरेको छ ।
प्रमुख आथिति माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोर्टा (देशबन्धु), विशेष अथिति बाग्मती प्रदेश कमिटि सदस्य अमृता नेपाल (प्रभा), सोही वडाका वडा अध्यक्ष चित्र बहादुर तामाङ, लगाएतका अथितिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो
त्यसै गरी उक्त कार्यक्रममा विभिन्न पार्टि परित्याग नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेस गरेका छन् । प्रवेस हुनेमा गत स्थानीय तह निर्वाचनमा नेकपा एमाले वडा सदस्य प्रत्यासी मान ब तामाङ (वाला), नेपाली कंग्रेस वडा कमिटी सचिव भिम बहादुर तामाङ, नेबि संघ सानोठिमी क्याम्पस उप सचीव राजकुमार तामाङ, गत स्थानीय तह निर्वाचनमा नेपाली कंग्रेस वडा सदस्य प्रत्यासी सुन माया तामाङ लगायत रहेका छन् ।
