सम्पर्क

एक आपसमा बस ठक्कर खाँदा २१ घाईते

सिन्धुपाल्चोकको चौतारा सागाँचोक गढी नगरपालिका १० सुकुटे स्थित अरनिको राजमार्ग सडक खण्डमा बस एक आपसमा ठक्कर खादा २१ घाईते भएका छन् ।
खाडीचौरबाट बन्देउतर्फ जादै गरेको बा ३ ख ४८३४ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको प्र.३–०१–००५ ख ९९३३ न.को बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा
दुबै बसहरुमा सवार २१ जना मानिसहरु घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । प्रनाउ वस्नेतका अनुसार
घाईतेहरुलाई तत्काल उद्धार गरि उपचारको लागि विभिन्न अस्पतालहरुमा पठाईएको र घाईतेहरु मध्ये ७ जनाको अवस्था मध्यम रहेको छ भने अन्य १४ जना घाईतेहरु सामान्य रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको उहाँले बताउनुभयो