सम्पर्क

जुगल गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले भू–सेवा केन्द्र सञ्चालनमा ल्याउनको लागी अनुमती पत्र प्राप्त गरेको छ । एक कार्यक्रमका बिच प्रमुख मालपोत अधिकृत चण्डीप्रसाद कोईराला ले जुगल गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत प्रमुख लोकबहादुर विकलाई भु–सेवा केन्द्रको अनुमती पत्र प्रदान गर्नुभयो ।

मालपोत कार्यालयले दिदै आएको सेवालाई छिटो छरितो तबरबाट सम्पन्न गर्न गाउँपालिका बासी सबैलाई सहयोग पुग्ने प्रमुख प्रशासकिय अधिकृत विकले बताउनुभयो । स्थानीय तहले निवेदन र लिखित फारम भरिसकेपछि मालपोतको अनलाइनमा अपलोड गर्नुपर्नेछ । मालपोत कार्यालयले स्थानीय तहका कर्मचारीहरुलाई भू–सेवाले गर्ने काम गराउनको लागि प्रारम्भिक चरणमा तालिम दिने प्रमुख मालपोत अधिकृत कोईरालाले बताउनुभयो ।
यसअघी यसअभी पाँचपोखरी गाउँपालिकाले पनि भू–सेवा केन्द्र सुचारु गरेको थियो ।
मालपोत कार्यालयमा सेवाग्राहीले पाइरहेको झन्झट तथा समस्याहरु कम गर्नका लागि कार्यलयले भू–सेवा केन्द्र सञ्चालन प्रक्रिया अगाडि बढाएको हो । भू–सेवा केन्द्र सञ्चालनमा आएपछि मालपोत कार्यालयमा दिनभरी भिड लगाएर बस्नु पर्दैन । धेरै काम अनलाइनबाटै फत्ते गर्न सकिन्छ । मालपोत कार्यालयहरुले भू–सेवा केन्द्रमाफर्त सेवा दिन थालेपछि लिखित कागजको काम बन्द हुनेछ । अनलाइनमार्फत कागजात र निवेदन पेश हुनेछ । यसले मालपोत कार्यालयमा हुँदै आइरहेको भिडभाड पनि स्वात्तै घटाउने छ । अहिले कागजपत्र बोकेर मालपोतमा भिड लाग्नेहरु धेरै हुने गरेका छन् । अहिलेसम्म घरजग्गा किनबेच गर्दा लेखापढी व्यवसायीहरुले मनलाग्दी सेवा शुल्क असुल गर्दै आइरहेका छन् । अब स्थानीय तहले भू–सेवा केन्द्र सञ्चालन गर्ने भएपछि लेखापढी व्यवसायीको एकाधिकार अन्त्य हुने र सेवाग्राहीले सर्वसुलभ रुपमा सजिलै सेवा पाउनेछन् । मालपोत कार्यालयले स्थानीय तहलाई भू–सेवा केन्द्र सञ्चालन गर्न दिएपछि आम मानिसले आफ्नै वडा तथा नगरपालिकाबाट प्रारम्भिक काम गर्न सक्नेछन् ।