सम्पर्क

काँग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन मेलम्चीमा हुने

नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन यहि मङ्सिर १४ र १५ गते मेलम्चीमा हुनेभएको छ । वडा,नगर,प्रदेश र क्षेत्रीय अधिवेशन सकेको काँग्रेसले जिल्ला अधिवेशन मेलम्चीमा गर्ने भएको पार्टी सभापति विकास लामाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । लामाले सदरमुकाम चौतारामा ब्यबस्थापनमा समस्या हुने भएकाले मेलम्चीमा गर्न लागिएको जानकारी दिनुभयो । उहाँले वडा,नगर,क्षेत्र तथा प्रदेश अधिवेशनमा सहयोग गर्नुहुने निर्वाचन अधिकृत ,शिक्षक एवम् पार्टी सुभचिन्तक हरुमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।