

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चौतारामा पनि सुरु गरिएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो बर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । दिवसको अवसरमा विभिन्न संघ, सस्था, सरकारी कार्यालयहरुको आयोजनामा बिहीवार चौतारा नगरपालिका टुडिखेलबाट निस्किएको ¥यालीले मुख्य बजार परिक्रमा गदै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरेको छ ।
¥यालीमा सहभागीहरुले घरेलु हिंसाको अन्त्य गरौं ,हिंसा रहित समाजको निर्माण गरौं ,महिला हिंसा विरुद्धको अभियानमा एकजुट हौं ,छोराछोरी बराबरी,महिला कुट्नु अपराध हो ,खुलेर छोरी विभेद रोकौँ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए । ¥यालीमा चौतारा नगरपालिकका उपप्रमुख , जिल्ला प्रसाशन प्रमुख , प्रहरी प्रमुख , सामाजिक संघसस्थाहरु साथै पत्रकारहरुको सहभागिता रहेको थियो ।
यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ।संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन ।
