सम्पर्क

प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा दुलाल

प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनले दिनेश दुलालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ ।कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा दिपक खत्री, समावेशी उपाध्यक्षमा अश्मी स्याङतान, सचिवमा सुन्दर शिरिष, सह– सचिवमा अर्जुन शर्मा र सम्झना कार्की, कोषाध्यक्षमा निर्मल वस्नेत चयन हुनुभएको छ । सदस्यहरुमा भने रश्मी खत्री, राजेन्द्र रानामगर, सुप्रिन्स कसजु, कल्पना श्रेष्ठ, दुर्गा श्रेष्ठ, मोनिका विक, निर्मल माझी, सुमित्रा श्रेष्ठ, स्वस्तिका सापकोटा र बासुदेव गिरी चयन हुनुभएको छ ।
अधिवेशनले सुरेश कसजु, जीवन श्रेष्ठ, विदुर गिरी र टीका दाहाललाई केन्द्रीय प्रतिनिधीमा छनोट गरेको छ । त्यसैगरी प्रदेश प्रतिनिधीहरुमा अशोक पराजुली, केदार माझी, लालकाजी तामाङ, रमेश पराजुली, चन्द्रकला खत्री र बुद्धीप्रसाद आचार्य छनोट हुनुभएको छ । अधिवेशनले सुरेश कसजुकको सँयोजकत्वमा जिवन श्रेष्ठ र रामकृष्ण थापा सदस्य रहेको सल्लाहकार समिती समेत बनाएको छ ।