सम्पर्क

रोपौँ नवयुगका बीजहरु

साहित्य प्रेमी (निर्मला पुरी )

पकाएर भरे खाउला भनी

साँच्दैछ ढुङ्गा पनि,

एकदिन त सुख् आउला भनी

काट्दैछ दुख् पनि

चुहिन्छ धुरीबाट बर्षादको पानी

पिएर पसिना नुनिलो हरदम

बित्दछ गरिबको जिन्दगानी ।।

लुटिन्छ मध्य दिनमै अस्मिता

चाहिदैन् त्यो भयानक रात !

उठाई घुम्टो चिहाए मात्रै बाहिर,

लाग्दछ अनेकौं लालछना र बात ।।

मौलाए यो देशमा राष्ट्रघाती झार

युवाकै काँधमा छ राष्ट्रियताको भार ।

गरीबको भोक र शोकमा गरेर राजनीति

देशै बेचेर खादैछन् हेर बिगारेर मति ।।

हे ! युवा हो चलाउ पाखुरी अब,

वीरताले नै हो सहिदले परिवर्तन ल्याका

यो राष्ट्रले खोज्दैछ तिमीलाई,

गाउँदैछ उन्नतिको भाका ।।

फालिदेउ सामन्तीका झन्डाहरु !

आऊ हामी हातेमालो गरौँ

उजाडीएका जिन्दगीमा नयाँ रङ्ग भरौँ

रोपौँ नवयुग आऊ चेतनाका बीजहरु छरौँ ।।

( उदयपुर)