
साहित्य प्रेमी (निर्मला पुरी )
पकाएर भरे खाउला भनी
साँच्दैछ ढुङ्गा पनि,
एकदिन त सुख् आउला भनी
काट्दैछ दुख् पनि
चुहिन्छ धुरीबाट बर्षादको पानी
पिएर पसिना नुनिलो हरदम
बित्दछ गरिबको जिन्दगानी ।।
लुटिन्छ मध्य दिनमै अस्मिता
चाहिदैन् त्यो भयानक रात !
उठाई घुम्टो चिहाए मात्रै बाहिर,
लाग्दछ अनेकौं लालछना र बात ।।
मौलाए यो देशमा राष्ट्रघाती झार
युवाकै काँधमा छ राष्ट्रियताको भार ।
गरीबको भोक र शोकमा गरेर राजनीति
देशै बेचेर खादैछन् हेर बिगारेर मति ।।
हे ! युवा हो चलाउ पाखुरी अब,
वीरताले नै हो सहिदले परिवर्तन ल्याका
यो राष्ट्रले खोज्दैछ तिमीलाई,
गाउँदैछ उन्नतिको भाका ।।
फालिदेउ सामन्तीका झन्डाहरु !
आऊ हामी हातेमालो गरौँ
उजाडीएका जिन्दगीमा नयाँ रङ्ग भरौँ
रोपौँ नवयुग आऊ चेतनाका बीजहरु छरौँ ।।
( उदयपुर)
