१९ बर्षको कलिलो उमेरमा करीना पुरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ अन्तर्गत भएको निर्वाचनमा पुरी महिला खुलातर्फबाट(४०९ मतसहित) महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको हो । उहाँ कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचित सबै भन्दा कम उमेरकी महाधिवेशन प्रतिनिधि बन्नुभएको छ । यसअघि सोलुखुम्बुबाट २१ वर्षकी पूजा फुयाँल महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको थियो ।
